समाचार

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको …

पुरा पढ्नुहॊस »

विरोधले लोकप्रिय मत पाउँदा रामकुमारी पनि विजयी, यी हुन् नेकपा एसका पोलिटब्युरो सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको छ । गएराति सम्पन्न मतगणनामा समाजवादीको ८४ सदस्यीय पोलिटब्युरो चयन भएको हो । प्राप्त मत परिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । महिला उपाध्यक्षमा पराजित रामकुमारी झाँक्री पनि १८२ मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएकी छन् ।

पुरा पढ्नुहॊस »

सशस्त्रका चार डीआईजी र १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयको साउन ३२ गतेको निर्णयानुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार डीआईजी अभिकुमार खत्रीलाई मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

नेपाल र बेलायत सरकारबीच १२ अर्ब रुपैयाँभन्दा बढी अनुदान सहयोगका लागि हस्ताक्षर

काठमाडौ । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ ।

पुरा पढ्नुहॊस »

शंखमुलमा स्नुकर सञ्चालकको हत्या आरोपमा एमके कुमार पक्राउ

काठमाडौं । काठमाडौंको शंखमुलमा एक स्नुकर सञ्चालकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१० शंखमुल साइबाबा पार्कस्थित दुई तले घरमा बस्ने ४९ वर्षीय रूपक बान्तवा राईको हत्या आरोपमा प्रहरीले बारा सिम्रौनगढ नगरपालिका-७ घर भई काठमाडौं-१० साइबाबा पार्कमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको हो । उनलाई बुधबार बिहान सवा १० बजे डेरा कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त

काठमाडौं । नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई प्रधानसेनापतिमा बुधबार नियुक्त गरेका हुन् । उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य शवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् । सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अघि बिदा …

पुरा पढ्नुहॊस »

कुलमानलाई हटाउनु पर्ने कुनै कारण छैन : मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु पर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत र सवस्टेशन निरीक्षण गर्न पुगेको मन्त्री खड्काले यस्तो बताएका हुन् । ‘राम्रो मान्छे जुनसुकै दलको होस्, राम्रो भन्न सक्नु पर्छ, कुलमानले राम्रो काम गर्नु भएको छ, उहाँलाई सरकारले हटाउनु पर्ने कुनै कारण छैन,’ मन्त्री खड्काले भने । कुलमानबारे सरकारले यो गर्ने …

पुरा पढ्नुहॊस »

अमेरिकामा अध्ययनरत भोजपुरकी मुना पाण्डेको हत्या

काठमाडौं । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो । समाचार एजेन्सीहरुकाअनुसार उनको छातीमा गोली लागेको छ । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो । अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो …

पुरा पढ्नुहॊस »