समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

२७औं मुख्यसचिव बन्दै एकनारायण अर्याल

काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । वर्तमान मुख्य सचिव लीलादेवी गड्तौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो । उनी नेपालको २७औं मुख्यसचिव बन्नेछन् । २०७७ भदौमा सचिवमा बढुवा भएका उनी काठमाडौं जस्तो संवेदनशील जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका छन् । त्यसका अलवा काठमाडौं महानगरपालिकाको प्रमुख …

पुरा पढ्नुहॊस »

पाँचथरमा ग्रिनेट विस्फोट : दाजु बैनीको मृत्यु, थप दुई बालबालिका घाइते

काठमाडौं । पाँचथरको फालेलुङ-५ प्राङबुङमा भएको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीकाअनुसार विस्फोटमा परी एकै घरका दाजु बैनीको मृत्यु भएको हो । घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको हो । उनीहरु स्थानीय दिलीप साँवा छोराछोरी हुन् । विस्फोटमा परेर स्थानीय …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, …

पुरा पढ्नुहॊस »

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१ख २१२८ नम्बरको यात्रुबाहक बस सडकमा अनियन्त्रित हुँदा भएको दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उक्त दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र तुलसीपुरकै बसका सहचालक २४ वर्षीय …

पुरा पढ्नुहॊस »

अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुष पक्राउ, यसरी समातिएका थिए

काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या गर्ने संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । संदिग्धलाई अमेरिकी समयअनुसार बुधबार बेलुका ८ बजे लगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।

पुरा पढ्नुहॊस »

म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री देउवा

नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नभएको बताएकी छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको लाइनमा नरहेको प्रष्ट पारेकी हुन् ।

पुरा पढ्नुहॊस »

काठमाडौंबाट मोटरसाइकल चोर्ने तीन युवक पक्राउ

काठमाडौँ । काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोट घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल र मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट तथा पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२–०४९ प ०१९० नम्बरको मोटरसाइकलको …

पुरा पढ्नुहॊस »

महामन्त्रीद्वय थापा र शर्मासँग पुनः बस्दै देउवा, बोलाए बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग पुनः छलफल गर्दैछन् । देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएर छलफल गर्न लागेका हुन् । पार्टी बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा हलचल नै सिर्जना …

पुरा पढ्नुहॊस »

टेक्सासमा मुनाको ज्यान लिने हत्याराको तस्बिर सार्वजनिक, समुदायबाट सहयोगको अपिल

काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो । यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पुरा पढ्नुहॊस »