समाचार

नायिका अनु शाहले गाइन् तीज गीत (भिडियोसहित)

काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेजले हाम्रो तीज राम्रो तीज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वरिष्ठ कलाकार‚ साहित्यकार‚ गीतकार‚ गायिका‚ नायिका‚ र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथिहरूमा वरिष्ठ कलाकार रश्मि भट्ट‚ नायिका अनु शाह‚ गायिका रीतु कडेल‚ महिला निर्देशक सुचित्रा श्रेष्ठ‚ र नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । सो अवसरमा नायिका अनु शाहले तीज गीत गएकी थिइन् ।

पुरा पढ्नुहॊस »

बाँके-काठमाडौं सम्पर्क समितिले गर्‍यो तीजको शुभकामना आदानप्रदान (भिडियो)

काठमाडौं । बाँके-काठमाडौं सम्पर्क समितिले हरितालिका तीजको पूर्व सन्ध्यामा बृहत तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौंको अनामनगरमा शुभकामना आदानप्रदानसहित बृहत तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन भएको हो । उपाध्यक्ष कमला डिसीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल, विशिष्ट अतिथि केन्द्रीय सदस्य रंगमति शाही रहेकी थिइन् । कार्यक्रमा प्रतिनिधिसभा सदस्य मैना कार्की, नेपाल महिला संघ …

पुरा पढ्नुहॊस »

कांग्रेस सभापति देउवाद्धारा कानून विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् । उनले शुक्रवार कांग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् । कानून विभागको प्रमुखमा पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपाली छन् । विभागको सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम मनोनित भएका छन् । त्यस्तै खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र …

पुरा पढ्नुहॊस »

सेप्टिक ट्यांकभित्र निस्सासिएर घरधनीका छोरासहित तीन जनाको मृत्यु

काठमाडौं । नवलपुरको विनयी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्यांकमा निसास्सिएर तीन जनाको ज्यान गएको छ । निर्माणाधीन घरको शौचालयको सेप्टिक ट्यांकभित्र काम गर्ने क्रममा तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही घरका घरधनीका छोरा ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, छिमेकी १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा छन् । वडा नम्बर–७ स्थित रानीनगर भन्ने ठाउँमा निर्माणाधीन घरको …

पुरा पढ्नुहॊस »

बहुदलीय व्यवस्थाको विकल्प छैन : कांग्रेस सभापति देउवा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् । पत्रकार दीर्घराज उपाध्यायले लेखेको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई अटाउने संविधान बनेको जिकिर गरे ।

पुरा पढ्नुहॊस »

रास्वपा सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन् । उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन् । बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए । संगठन र नेतृत्वलाई असहज, असफल बनाउने विविध क्रियाकलाप गरेपछि बर्खास्त गर्नुपरेको प्रदेश सभापति विष्टले जनाएका छन् ।

पुरा पढ्नुहॊस »

५० प्रतिशत हाराहारी मात्रै एसइई उत्तीर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् । धुलिखेलस्थित काठमाडौँ विश्व विद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए । ‘५० प्रतिशतको हाराहारीमा मात्रै एसइईमा …

पुरा पढ्नुहॊस »

भ्रष्टाचार विधेयकबाट हटाइयो पाँच वर्षे हदम्याद

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मति रुपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई हटाउने निर्णय गरेको सभापति रामहरी खतिवडाले जनाएका हुन् । समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले हदम्याद सम्बन्धी व्यवस्था नराख्न सरकार तयार रहेको बताए । विधेयकमा सरकारले भ्रष्टाचारको छानबिन गर्न पाँच बर्षे हदम्याद राख्ने …

पुरा पढ्नुहॊस »

नेपाल आयल निगम डिपोका कर्मचारीको हत्या

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक कर्मचारीको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका–३ मखनाहाका ४० वर्षीय राकेश बर्मा रहेको प्रहरीले जनाएको छ । उनी डिपोका ज्यालादारी कर्मचारी हुन् । आज (शुक्रबार) बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जानकारी दिएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई …

पुरा पढ्नुहॊस »

अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको हुनसक्ने !

काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको सार्वजनिक भएको छ । लुटपाट उद्देश्यले आएका बबी सिंह शाहले मुनाको गोली हानि हत्या गरिएको हुनसक्ने विवरण सार्वजनिक भएको हो । नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधवार पक्राउ परेका आरोपी ५१ वर्षका बबीको बयानको आधारमा यस्तो खुलासा भएको समाचार एजेन्सीहरूले जनाएका छन् । उनी पटके अपराधी भएको र पटक …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds