काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले सुनिश्चित गरेको समान अधिकारलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सञ्चारिका समूह नेपालद्वारा आयोजित सञ्चारिका टक्स सिरिजअन्तर्गत ‘टुगेदर वी लिड’मा प्रमुख अथितिका तर्फबाट बाल्दै उनले नेपालको राजनीतिक र सामाजिक संरचनाले महिलाहरूको नेतृत्व विकासमा सकरात्मक भूमिका खेल्नसक्ने भौतिक आधार रहेको बताए । मन्त्री गुरुङले भने, ‘महिलाहरूलाई नेतृत्व दिनका लागि संविधानमा समान अधिकार दिएको छ …
पुरा पढ्नुहॊस »बाढीपीडितहरुलाई अख्तियार प्रमुख र आयुक्तहरुको सात दिनको तलब
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त, सचिव, सहसचिव, उपसचिवलगायत कर्मचारीहरूले तलब बापतकाे सात दिनकाे रकम बाढी–पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् । बुधबार अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरो पीडितहरूलाई केही दिनको तलबबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । प्रमुख आयुक्त-आयुक्तहरूले आफ्नो सात दिनको तलब बाढी–पहिरो पीडितको सहयोगका लागि दिने भएका हुन् । अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना …
पुरा पढ्नुहॊस »दशैंका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर युवक-युवतीको मृत्यु
काठमाडौं । हुम्लामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका–३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरूसँगै गएका …
पुरा पढ्नुहॊस »सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् । सभापति लामिछानेले आज दिउँसो दुई बजे पार्टी कार्यालयमा सार्वजनिक भेटघाट कार्यक्रम गर्नेछन् । उनले देशको अधिकांश भागमा बाढी, पहिरो र जनधनको क्षति लगायतका विषयमा छलफल गर्ने रास्वपाका कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए । छलफलका लागि सभापति लामिछानेले सबै कार्यकर्तालाई पार्टी कार्यालय बोलाएका छन् ।
पुरा पढ्नुहॊस »लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने
काठमाडौँ । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ । लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ । साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उनीहरुका आफन्तहरुले निम्न सम्पर्क …
पुरा पढ्नुहॊस »शैक्षिक मेला : विद्यार्थी र अभिभावकलाई मार्गनिर्देशनको सुनौलो अवसर (भिडिओ)
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘१५औं इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना गरेको छ । इक्यानले बुधबार काठमाडौंको एभरेष्ट होटलमा शैषिक मेला आयोजना गरेको हो । मेलामा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको छ । अभिभावक र विद्यार्थीहरूलाई शिक्षासम्बन्धी सही जानकारी तथा परामर्श प्रदान मेला आयोजना गरिएको इक्यान अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । उनकाअनुसार मेला विशेषतः विदेशमा उच्च शिक्षा हासिल गर्ने सोच बनाइरहेका विद्यार्थीहरू र उनीहरूका अभिभावकका लागि …
पुरा पढ्नुहॊस »१५ जना बङ्गलादेशी पक्राउ, अध्यागमन विभागमा बुझाइयो
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको हो । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ ।
पुरा पढ्नुहॊस »भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस् : विपद् प्राधिकरण
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
पुरा पढ्नुहॊस »सातै प्रदेशमा मुटु रोग उपचार पुर्याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय
काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।
पुरा पढ्नुहॊस »अब उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौंबाट बस छुट्ने
काठमाडौं । काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्ने १० बुँदे निर्णय गरेको हो ।
पुरा पढ्नुहॊस »