समाचार

नेपालगञ्ज उडेको बुद्ध एअरको जहाज काठमाडौं नै डाइभर्ट

काठमाडौं । काठमाडौंबाट नेपालगञ्जतर्फ उडेको बुद्ध एअरको विमान डाइभर्ट भएको छ । आजबिहान पौने ८ बजे उडेको उडान नम्बर बीएचए ४५१ विमान नेपालगञ्जको खराब मौसमका कारण काठमाडौं फर्केको बताइएको छ । ६२ जना यात्रु बोकेको उक्त विमान बिहान साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।  

पुरा पढ्नुहॊस »

दक्षिण कोरियामा अस्ताइन् इलामकी २० वर्षीया सोनु

काठमाडौं । अध्ययनका लागि दक्षिण कोरिया पुगेकी एक नेपाली युवतीको मृत्यु भएको छ । इलामको माई नगरपालिका-१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको आइतबार मृत्यु भएको हो । दक्षिण कोरियाको उल्सान विश्वविद्यालयमा अध्ययनरत सोनुको मृत्यु भएको इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले पुष्टि परे । उनको मृत्युबारे परिवारले खबर पाइसकेको छ । ६ महिनाअघि गत फेब्रुअरीमा विद्यार्थी भिसा (D2)मा कोरिया गएकी श्रेष्ठको के कारणले मृत्यु भएको स्पष्ट भएको छैन । …

पुरा पढ्नुहॊस »

मुग्लिङ-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुङ्गा खस्यो

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुङ्गा खसेको छ । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने ३ नं. पुलमा नारायणगढ तर्फ आउँदै गरेको बा एडी ८३२२ नम्बरको कारलाई माथिबाट ढुङ्गा खसेर लागेको चितवन प्रहरीले जनाएको छ । कारमा ढुङ्गा लागे पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । ढुङ्गा सानो रहेको र कारको अगाडीपट्टी छेउमा लागेको तस्बीरमा देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

गठ्ठाघर दुर्घटना : स्कुटर नदेखेको ट्रक चालकको बयान

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको दुईवटै समितिले काम गरिरहेका छन् । गत साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन गर्न प्रहरी र प्रशासनले गठन गरेका समितिले काम गरिरहेका हुन् । उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले छानबिन सकेर आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । सो क्रममा …

पुरा पढ्नुहॊस »

आज गाईजात्रा : दिवंगतको सम्झना गर्दै मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ। वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइन्छ। गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा झाँकीसहित जात्रा निकाल्ने प्रचलन छ। काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ। दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ। भक्तपुरमा बाँसमा मृतकको …

पुरा पढ्नुहॊस »

रातिदेखि नै देशभर ठूलो वर्षा, कहाँ-कहाँ छ जोखिम ?

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विहे

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले घरजम गरेकी छिन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् । दुवैले काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका छन् । बिहेमा परिवार र निकट आफन्तहरु उपस्थित थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो । अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन् । बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । केही दिनअघि दुई जनाले सुनसरी जिल्ला अदालतमा …

पुरा पढ्नुहॊस »

छुटे नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने पुष्कर खतिवडा

काठमाडाैं । नेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्दा पक्राउ परेका पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए । २८ वर्षीय खतिवडाले फेसबुकमा ‘भीआईपीहरूको मृत्युको काम गरेर …

पुरा पढ्नुहॊस »

बालेन र सुनितालाई ‘जोड्ने’ बाजुराका रावत पक्राउ

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरुको चरित्र हत्या गर्दै आएको आरोपमा एक युवक पक्राउ परेका छन् । बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, का २२ वर्षीय रमेशबहादुर रावत पक्राउ परेका हुन् । उनलाई अस्ती सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । रावतउपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोले जानकारी दिएको …

पुरा पढ्नुहॊस »