समाचार

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडाैं । प्रतिकूल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेकाे त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएकाे छ । मौसमका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।  

पुरा पढ्नुहॊस »

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् । उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०.१ को खण्ड (न) …

पुरा पढ्नुहॊस »

हरिसिद्धि क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको मृत्यु

काठमाडौं । हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । थाइराइड क्यान्सरको उपचार गराइरहेकी काठमाडौं महानगरपालिका–८ कि ६४ वर्षीया पुनमाया तामाङ शनिबार अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट हामफालेकी थिइन् । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनी साउन २४ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनले अस्पतालबाट हाम फाल्नुको कारण …

पुरा पढ्नुहॊस »

नाबालिगमाथि सामूहिक बलात्कार, गाउँपालिकाका दुई कर्मचारीसहित तीनजना पक्राउ

रुपन्देही । रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारीसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षीय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षीय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । पीडित नाबालिक रहेको र उनलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप रहेकाे जिल्ला …

पुरा पढ्नुहॊस »

भैंसेपाटी : स्कुलको होस्टेलमा विद्यार्थी मृत भेटिए

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टमा विद्यार्थी मृत भेटिएका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बस्ने मोरङ घर भएका २० वर्षीय सकलु मर्डी शनिबार मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

पार्टीमा अध्यक्ष भइरहने रहर छैन, उत्तराधिकारी तयार गर्दैछु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताएका छन् । प्रेस सेन्टर बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गरे । ‘म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको अध्यक्ष पद टीका लगाएर …

पुरा पढ्नुहॊस »

रूख ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुल्यो

काठमाडाैं । रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ । सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन् । बिहान ८ बजे भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो । लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए ।

पुरा पढ्नुहॊस »

गोमन सर्पले टोक्दा झारफुक गरेपछि…

काठमाडाैं । सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ । सिरहा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिता कुमारी सदालाई राती सुतेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पलाल लगिएकोमा बिहान मृत्यु भएको जनाइएको छ । उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ । उनलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ उपचार नभएपछि लहान प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा अहिले बिहान मृत्यु भएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »

चितवन र मकवानपुरमा भारी वर्षा

काठमाडौं । चितवन र मकवानपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको हात्तीसुँडेमा भारी वर्षा मापन भएको हो । त्यहाँ पछिल्लो एक घन्टामा ५६ मिलिमिटर वर्षा भएको छ । यस्तै चितवनको कल्याणपुरमा ४५.६ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ३६.२ मिलिमिटर वर्षा भएको छ। चितवनकै देवघाटमा पछिल्लो एक घन्टामा ३३.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम …

पुरा पढ्नुहॊस »

मध्यरात ट्रकसँग ठोक्कियो मोटरसाइकल, २९ वर्षीय कैलाशको मृत्यु

काठमाडाैं । कैलालीको अत्तरियामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति सवा १ बजे कैलालीको गोदावरी नगरपालिका-१ धनगढी सडकस्थित पाठक पेट्रोल पम्प नजिक रोकिराखेको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले जानकारी दिए । दुर्घटनामा …

पुरा पढ्नुहॊस »