काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्रीभन्दा तल झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर जाडो बढ्दै गएको छ । आज (मंगलबार) उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सियस देखिएको हो।

हिजो यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने पछि बिहान ८ः४५ बजे घटेर ९ डिग्री सेल्सियस कायम भएको थियो।

आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे अपडेट गरिन्छ। त्यतिबेलासम्म थप घट्ने सम्भावना हुन्छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री