विविध

जापान एयरलाइन्सको विमान अवतरणका क्रममा ठोक्किँदा भीषण आगलागी, पाँच जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा यात्रु विमान अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि विमानमा आगो लागेको छ । यस घटनामा कोस्ट गार्डको विमानमा रहेका ६ चालक दलका सदस्यमध्ये ५ जनाको मृत्यु भएको हो । बीबीसीकाअनुसार पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका थिए । जापान एयरलाइन्सका एक प्रवक्ताले यात्रुवाहक विमान ३६७ यात्रु र १२ जना चालक दलका सदस्यसहित अवतरण गर्ने क्रममा सो घटना भएको थियो । विमानबाट सबैलाई …

पुरा पढ्नुहॊस »

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

एजेन्सी । अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ । सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति उनका विरोधीको माग थियो । उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत …

पुरा पढ्नुहॊस »

दुई पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

काठमाडौं । दुई वटा पाठेघर भएकी अमेरिकाको अलाबामाकी ३२ वर्षीया महिलाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी ह्याचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नो कहानी लेखेकी छन्, ‘हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।’ रोक्सी लैला नाम की जेठी छोरीको जन्म गत मङगलवार भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान भएको हो । उनले भनिन्, ‘चिकित्सकहरूले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनीहरू आफ्ना भाइबहिनीहरूसँग …

पुरा पढ्नुहॊस »

मिचेल स्टार्क बने आइपिएल इतिहासकै अहिलेसम्मका महँगा खेलाडी

काठमाडौं । अस्ट्रेलियाका विश्वकप विजेता बलर मिचेल स्टार्कले इण्डियन प्रिमियर लिग (आइपिएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् । दुबईमा जारी आइपिएलको खेलाडी अक्सनमा स्टार्कलाई कोकोलता नाइटराइडर्सले २४ करोड ७५ लाख भारु अर्थात् ३९ करोड ६० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आइपिएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो । यसअघि आजकै अक्सनमा अस्ट्रेलियाका कप्तान पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख …

पुरा पढ्नुहॊस »

भारतमा निलम्बित सांसदको संख्या १४१ पुग्यो

एजेन्सी । भारतमा संसद्को हिउँदे अधिवेशनमा विपक्षी सांसदहरूले विरोध गरेपछि थप ४९ सांसद निलम्बनमा परेका छन् । यसरी संसद्को इतिहासमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा निलम्बनमा परेका हुन् । आजको समेत गरेर निलम्बित सांसदको संख्या १४१ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निलम्बित सांसदहरूलाई हिउँदे अधिवेशनको सम्पूर्ण कामकाजमा भाग लिनबाट रोक लगाइएको छ । सुप्रिया सुले, मनिष तिवारी, शशी थरुर, मोहम्मद फैसल, कार्ती चिदम्बरम, सुदीप बन्धोपाध्याय, डिम्पल यादव र दानिश अली लगायत …

पुरा पढ्नुहॊस »

चीन भूकम्प ज्यान गुमाउनेको संख्या ११७ नाघ्यो

काठमाडौँ । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु भएको छ । भूकम्पमा परी २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ । उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन् । मृतकको सङ्ख्या बढ्ने ठानिएको छ । कठ्याङ्ग्रिदो जाडोका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको …

पुरा पढ्नुहॊस »

भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित

एजेन्सी । भारतको राज्य सभा र लोक सभामा गरेर आज ६७ जना विपक्षी सांसदहरु निलम्बित भएका छन् । लोकसभामा विपक्षी सांसदहरुले विरोध जारी राख्दै हंगामा गरेपछि अध्यक्ष ओम विरलाले ३३ जनालाई सोमबार निलम्बन गरेका छन् । निलम्बनमा पर्नेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि रहेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन् । अध्यक्षले हिउँदे अधिवेशनको बाँकी कार्यदिवसका लागि सबै सांसदलाई निलम्बन गरेका हुन् । सदनमा …

पुरा पढ्नुहॊस »

कोभिडको सबभेरिएन्टबाट सजग रहन डब्लूएचओको अनुरोध

एजेन्सी  । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन आग्रह गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेको हो । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको दाबी गरेको छ । यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न डब्ल्यूएचओको आग्रह छ । अहिले पनि कोरोना भाइरस …

पुरा पढ्नुहॊस »

युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्था : न बेड छ, न त औषधि

एजेन्सी । युद्धग्रस्त क्षेत्र गाजापट्टी र रफाह क्रसिङ्ग बोर्डरमा औषधि अभाव हुन थालेको छ । रफाह स्थित शहीद मोहम्मद यूसुफ अल–नजर अस्पतालमा बिरामीलाई चाहिने आवश्यक औषधि अभाव भएपछि समस्या उत्पन्न भएको हो । बीबीसीका अनुसार अस्पतालका निर्देशक डा. मारवान अल–हमले अस्पतालमा जम्मा ६३ शैंया रहे पनि हाल १४५ जना बिरामीको उपचार भइरहेको बताए । उनले बिरामीको यो संख्या अस्पतालको क्षमताभन्दा दोब्बर रहेको भन्दै उपचारमा समस्या हुन थालेको बताए । डा. …

पुरा पढ्नुहॊस »

कृषिमा निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ नेप्सेमा सूचीकृत

काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीको विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार सुरु भएको छ । कम्पनी मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा सक्रिय रहँदै आएको छ । कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ । स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय …

पुरा पढ्नुहॊस »