विविध

भुटानमा तीन नेपालीभाषी बने मन्त्री, कसलाई कुन मन्त्रालय ?

काठमाडौं – भुटानमा तीन नेपाली भाषी मन्त्री बनेका छन् । भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रुपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेको नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्धमा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् । तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुंगेललाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको छ । शिक्षामन्त्रीमा डिम्पल थापा र पूर्वधार तथा यातायात मन्त्रीमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । भुटानको …

पुरा पढ्नुहॊस »

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

स्थापनाको १५औँ वर्ष : इसेवाले ल्यायो १५ दिनका लागि पन्ध्रै अफर

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको हो। नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त

काठमाडौं । युक्रेनी बन्दी बोकेको रुसी विमान दुर्घटनाग्रस्त भएको छ । रुसी समय अनुसार बिहान ११ बजे पश्चिमी बेल्गोरोड क्षेत्रमा दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उक्त विमानमा ६५ जना युक्रेनी कैदी रहेको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार विमानमा सवार सबै कैदीहरूको मृत्यु भएको दाबी गरिएको छ । रिया-नोवोस्ती समाचार एजेन्सीले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उक्त विमानमा ६५ जना युक्रेनी सैनिक सवार थिए, जसलाई यसअघि …

पुरा पढ्नुहॊस »

द्वन्द्वका कारण गाजामा २५ हजार बढी सर्वसाधारणको मृत्यु

एजेन्सी ।  गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर ७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ । गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ, तर व्यापार व्यवसायबाट धनलाभ भने हुनेछैन । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

चोरीको आरोप लागेपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

एजेन्सी । चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी एक सांसदले राजीनामा दिएकी छिन् । न्युजिल्याण्डको संसद्मा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनीमाथि चोरीको आरोप लागेको थियो । उनले व्यक्तिगत तनाव र आघातसँग सम्बन्धित रहेको बताएकी छिन् । यो आरोप वामपन्थी ग्रीन पार्टीका सांसद गोलरिज घहरामनमाथि लगाइएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गोलरिज घहरामनलाई बुटिक कपडा पसलबाट चोरी गरेको तीन वटा आरोप लागेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । महिला …

पुरा पढ्नुहॊस »

न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

एजेन्सी । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले शनिबार प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए । लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन् । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औं प्रधानमन्त्री बनेकी थिइन् । न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट …

पुरा पढ्नुहॊस »