विविध

चीन भूकम्प ज्यान गुमाउनेको संख्या ११७ नाघ्यो

काठमाडौँ । पश्चिमोत्तर चीनमा सोमवार राति गएको भूकम्पमा परेर कम्तीमा ११८ जनाको मृत्यु भएको छ । भूकम्पमा परी २०० जनाभन्दा बढी मानिस घाइते भएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ । उद्धारकर्ताहरूले क्षतिग्रस्त भवनका भग्नावशेषमा खोजी गरिरहेका छन् । मृतकको सङ्ख्या बढ्ने ठानिएको छ । कठ्याङ्ग्रिदो जाडोका कारण उद्धारकार्य चुनौतीपूर्ण बनेको …

पुरा पढ्नुहॊस »

भारतमा विपक्षी दलका ६७ जना सांसद निलम्बित

एजेन्सी । भारतको राज्य सभा र लोक सभामा गरेर आज ६७ जना विपक्षी सांसदहरु निलम्बित भएका छन् । लोकसभामा विपक्षी सांसदहरुले विरोध जारी राख्दै हंगामा गरेपछि अध्यक्ष ओम विरलाले ३३ जनालाई सोमबार निलम्बन गरेका छन् । निलम्बनमा पर्नेमा कांग्रेस नेता अधीर रञ्जन चौधरी पनि रहेका छन् । यसबाहेक कांग्रेसका जयराम रमेश पनि राज्यसभाबाट निलम्बित भएका छन् । अध्यक्षले हिउँदे अधिवेशनको बाँकी कार्यदिवसका लागि सबै सांसदलाई निलम्बन गरेका हुन् । सदनमा …

पुरा पढ्नुहॊस »

कोभिडको सबभेरिएन्टबाट सजग रहन डब्लूएचओको अनुरोध

एजेन्सी  । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन आग्रह गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेको हो । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको दाबी गरेको छ । यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न डब्ल्यूएचओको आग्रह छ । अहिले पनि कोरोना भाइरस …

पुरा पढ्नुहॊस »

युद्धग्रस्त गाजामा भयावह स्वास्थ्य अवस्था : न बेड छ, न त औषधि

एजेन्सी । युद्धग्रस्त क्षेत्र गाजापट्टी र रफाह क्रसिङ्ग बोर्डरमा औषधि अभाव हुन थालेको छ । रफाह स्थित शहीद मोहम्मद यूसुफ अल–नजर अस्पतालमा बिरामीलाई चाहिने आवश्यक औषधि अभाव भएपछि समस्या उत्पन्न भएको हो । बीबीसीका अनुसार अस्पतालका निर्देशक डा. मारवान अल–हमले अस्पतालमा जम्मा ६३ शैंया रहे पनि हाल १४५ जना बिरामीको उपचार भइरहेको बताए । उनले बिरामीको यो संख्या अस्पतालको क्षमताभन्दा दोब्बर रहेको भन्दै उपचारमा समस्या हुन थालेको बताए । डा. …

पुरा पढ्नुहॊस »

कृषिमा निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ नेप्सेमा सूचीकृत

काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीको विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार सुरु भएको छ । कम्पनी मुक्तिनाथ विकास बैंक मुख्य प्रवद्र्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा सक्रिय रहँदै आएको छ । कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निस्कासन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ । स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय …

पुरा पढ्नुहॊस »

क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने

काठमाडौं । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुविधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात् बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरूको आकर्षण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरूका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात् अप्रिल २०२४ सम्म २० घण्टा …

पुरा पढ्नुहॊस »

एड्स महामारीको रहस्य खुलासा गर्ने डाक्टरको ९५ वर्षमा निधन

एजेन्सी । चीनकी एक स्त्री रोग विशेषज्ञ तथा एजआईभी एड्सको महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्येकी एक डाक्टर गाओ याओजीको निधन भएको छ । डा. गाओको न्यूयोर्कमा आइतवार ९५ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन् । देशको ग्रामीण क्षेत्रमा एड्सको महामारीविरुद्ध अभियान फैलाएर निर्मूल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआईभी फैलाएको खुलासा गरेको गरेकी …

पुरा पढ्नुहॊस »

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

एजेन्सी । काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा हालसम्म १८ हजार २०५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । बीबीसीका अनुसार गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन् । गाजा पट्टीको दोस्रो सबैभन्दा ठूलो सहर खान युनिसमा इजरायली ट्याङ्कले प्रवेश …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

‘सीआईडी’ का इन्स्पेक्टर दिनेश फडनिसको निधन

एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम ‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन भएको छ । सीआईडीमा ‘इन्स्पेक्टर फ्रेडरिक’ को भूमिकामा देखिएका उनको मंगलबार निधन भएको को–स्टार दयानन्द शेट्टीले पुष्टि गरेका छन् । ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयघात भएको थिएन । स्वास्थ्यमा समस्या देखिएपछि उनी आफै अस्पताल गएर भर्ना भएका थिए । तर, उपचारकै क्रममा उनको स्वास्थ्यमा थप जटिलता देखिएको थियो,’ शेट्टीले भाष्कर दैनिकसँग भनेका छन् । दिनेशले …

पुरा पढ्नुहॊस »