बीमा

एलआइसीले ल्यायो जीवन साथी बीमा योजना, महिलालाई समेट्ने प्रयास

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेश(एलआइसी नेपाल) लिमिटेडले जीवन साथी नामक नयाँ बीमा योजना सार्वजनिक गरेको छ । फागुन १ गते एक समारोहका बीच बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो बीमा योजना सार्वजनिक गरेका हुन् । १८ देखि ६० वर्षसम्मका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको कम्पनी सचिव विनोदकुमार भुजेलले बताए । अधिकतम बिमाङ्क सीमा बीमा अण्डरराइटिङ नियमअनुसार जतिपनि लिन सकिनेछ …

पुरा पढ्नुहॊस »

ज्योति लाइफ इन्स्योरेन्सको नाफामा ९५८ प्रतिशतको बृद्धी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व. मा व्यवसाय विस्तारमा उल्लेख्य सफलता हासिल गर्दै दोश्रो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरणहरुको अध्ययन तथा विश्लेषण गर्दा कम्पनीले अघिल्लो आ.व. को सोही अवधिको तुलनामा ९५८ प्रतिशत वृद्धी गर्दै खुद बीमा शुल्क ३०.९१ करोड आर्जन गर्न सफल भएको छ । दोश्रो त्रयमासमा कम्पनीले अल्पकालिन लगानीको सट्टा दिर्घकालिन लगानीलाई जोड दिएको कारणले दिर्घकालिन लगानीमा ८५ प्रतिशत वृद्धी भएको तथा अल्पकालिन …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कैलाश विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले  हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र योजनामा सावधिक,आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र आइएमईबीच बैंकास्योरेन्स

काठमाडौँ । कैलाश विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगतसर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले  हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत  सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई. लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी गराउने छन् ।

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्सको नाफा २१ करोडमाथि

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ( Shikhar Insurance Co. Ltd.) ले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात् १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिमा नाफा १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । १ अर्ब ५ करोड ७३ लाख …

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्सको मुनाफा ११ प्रतिशतले वृद्धि

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ( Asian Life Insurance Co.Ltd.) ले आव २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ८९ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलब ८५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नाफा २ करोड ५८ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २६ …

पुरा पढ्नुहॊस »

बेष्ट फाइनान्सले दियो टोखाको बाल पुस्तकालयलाई बाल साहित्यमा आधारीत पुस्तकहरु

काठमाडाैँ । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्सले काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ मा रहेको  जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु उपलब्ध गराएको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नर बहादुर वि.सी.लाई पुस्तक हस्तान्तरण गरेका हुन् । स्थानीय बाल बालिकाहरुका लागि ज्ञान बद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पु¥याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत …

पुरा पढ्नुहॊस »

एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरलीप्रसाद लम्साल नियुक्त

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् । आइतबार बसेको संस्थाको ८२औँ संचालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । सीईओ पदमा नियुक्त भएसँगै नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अब लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने करार सम्झौता गरेको छन् ।

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्स आक्रामक बजार विस्तारमा, ५०% प्रिमियमसहित बीमा लेख संख्या १३६ %ले बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा आक्रामक बजार विस्तार गरेको छ । सरकारी स्वामित्व समेत रहेको नेपालकै सबैभन्दा पुरानो इन्स्योरेन्स कम्पनीको रुपमा रहेको इन्स्योरेन्सले यो आर्थिक वर्षको पहिलो छ महिनामा कुल बीमालेख संख्या अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा १३६ प्रतिशतले बढाएर ७१ हजार पुर्याउँदा खुद बीमाशुल्कमा करिब ५० प्रतिशतको वृद्धि हासिल गरेको छ । इन्स्योरेन्सले उक्त अवधिमा २४ करोड १ लाख रुपैंया खुद प्रिमियम संकलन गरेको हो …

पुरा पढ्नुहॊस »
This will auto close after