स्वास्थ्य

टाइफाइडविरुद्धको खोप अभियान

काठमाडाैँ । रुपन्देहीमा यही चैत २२ गतेदेखि २७ गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई सो अभियान अन्तर्गत खोप लगाइने छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा दुई लाख ६६ हजार ५१८ बालबालिका छन् । उनीहरूका लागि ९६६ खोप केन्द्रबाट अभियान सञ्चालन गरिने भएको हो । उक्त अभियान सञ्चालनका लागि एक हजार ३३३ स्वास्थ्यकर्मी, ९६६ शिक्षक, ९६६ शिक्षिका, १५८ …

पुरा पढ्नुहॊस »

नेपालमा बर्सेनि ६ लाखले गर्छन् अनिच्छित गर्भधारण, यसमध्ये झन्डै दुई तिहाइ गर्भपतन

काठमाडौँ । नेपालमा बर्सेनि हुने गर्भधारणमध्ये झन्डै आधा गर्भधारण अनिच्छित हुने गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघको यौनिक तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था (युएनएफपिए)ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा वर्षमा झन्डै १२ लाख पटक गर्भधारण हुने गरेको र तीमध्ये झन्डै आधा अनिच्छित हुने गरेको पाइएको हो । अनिच्छित गर्भधारणमध्ये झन्डै दुई तिहाइ गर्भपतन हुने गरेको प्रतिवेदनमा उल्लेख छ । गर्भधारणको चाहना नभए पनि प्रजनन उमेरका झन्डै ४४ प्रतिशत महिला परिवार …

पुरा पढ्नुहॊस »

काठमाडौंको वायु प्रदूषणस्तर अस्वस्थकर, ‘मर्निङ वाक’ मा ननिस्कन सुझाव

काठमाडौं । वायुको गुणस्तरबारे अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले केही दिनअघि सार्वजनिक गरेको सूचीमा विश्वका प्रदूषित राजधानीमध्ये काठमाडौं छैटौं नम्बरमा परेको छ । ११७ देशका ६,४७५ वटा शहरको वायु गुणस्तर मापन तथा विश्लेषणमा राजधानी शहरहरूमध्ये काठमाडौं छैटौं नम्बरमा परेको हो । काठमाडौं उपत्यकाको पछिल्लो अपडेटअनुसार वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको छ । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । काठमाडौंको …

पुरा पढ्नुहॊस »

गर्मीमा शरीरलाई शीतल राख्न के-के खाने ?

काठमाडौँ । हामीले अनुभव गरेकै छौँ, गर्मी बढेसँगै पखाला लाग्छ, खानेकुरा पच्दैन, फुड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको सङ्क्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । यद्यपि यो मौसमको खराबी होइन, हामीले मौसम अनुसार आफूलाई तयार राख्न नसकेका मात्र हौँ । गर्मी–जाडो प्राकृतिक चक्र हो । यो वर्षौँदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफूलाई कसरी …

पुरा पढ्नुहॊस »

तौल घटाउन यसरी पिउनुहोस् पानी

काठमाडौँ । बिहान उठ्ने बित्तिकै खाली पेटमा एक/डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा पर्याप्त ऊर्जा दिन्छ । जसका कारण दिनभर सक्रिय हुन सहयोग मिल्छ । चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरीरमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ । नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घण्टा पछि १ गिलास पानी पिउने …

पुरा पढ्नुहॊस »

नेपालमा थप ६२ लाख मात्रा फाइजर खोप आउँदै

काठमाडौं । नेपालमा थप ६२ लाख मात्रा (डोज) फाइजर खोप आउने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए । उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ । यस्तै बाँकी रहेका खोप भने …

पुरा पढ्नुहॊस »

क्युआर कोडसहितको विद्युतीय खोप कार्ड कसरी बनाउने ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्युआर कोडसहितको विद्युतीय खोप कार्ड बनाउन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले एक सूचना जारी गर्दै क्युआर कोडसहितको विद्युतीय खोप कार्ड बनाउन आग्रह गरेको हो । केन्द्रले सूचनामा कार्ड बनाउन आवश्यक पर्ने कागजातसहित बनाउने तयारीबारे पनि उल्लेख गरेको छ । आवेदन भरिसकेपछि प्रमाणीकरण हुन कम्तीमा २४ देखि ४८ घण्टा लाग्नेछ । कार्डमा कुनै पनि किसिमको छाप वा …

पुरा पढ्नुहॊस »

ललितपुर महानगरपालिकामा आजदेखि बुस्टर डोज दिइँदै

काठमाडाैँ । ललितपुर महानगरपालिकाले आजदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ । महानगरपालिकाका २९ वटै वडामा आज ९ र भोलि १० गते बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने जनाइएको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन सम्बन्धित वडा कार्यालयमा …

पुरा पढ्नुहॊस »

आजदेखि सबै नागरिकलाई बुस्टर डोज

काठमाडौँ । सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैलाई विरुद्धको बुस्टर डोज दिइने भएको हाे । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरक-फरक खोप पनि दिएको थियो । कोभिड-१९ सङ्क्रमण भएका …

पुरा पढ्नुहॊस »

मेरो डाक्टर एप १ लाखभन्दा बढी डाउनलोड

काठमाडाैँ । मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्‍याएको छ । मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी अस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओ.पी.डी. टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव …

पुरा पढ्नुहॊस »