बिदाको दिन ओपीडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।

‘स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ,’ भनिएको छ ।

सरकारी अस्पतालमा २०४८ सालदेखि दरबन्दी थप नभएको र अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति तथा सेवा सुविधा न्यून रहेको डा. तिवारीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्ने

काठमाडौं । मण्डिखाटारबाट उच्चस्तरको स्वास्थ्य सेवा दिइरहेको ह्याम्स अस्पतालले अब भक्तपुरकाे मध्यपुर थिमि गठ्ठाघरस्थित नागरिक अस्पतालको समेत व्यवस्थापन गर्ने भएको छ । एक सय शय्याका नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिकको ४३ प्रतिशत शेयर किन्न ह्याम्स समूहले ९ करोड ९१ लाख रुपैयाँमा लगानी गरेको छ ।

प्रतिकृया दिनुहॊस