स्वास्थ्य

काठमाडौँ उपत्यकामा ११ दिनमा भेटिए हैजाका १२ बिरामी

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्ला ११ दिनमा १२ जनामा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले राजधानीका भित्री भागमा कलेरा फैलिएको बताए । उनले २ असारयता १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । गत २ असारमा बागबजारमा मजदुरी गर्ने एकै परिवारका दुई दिदीबहिनीमा हैजा पुष्टि भएको थियो । चटपटे खाएर बिरामी परेका उनीहरूलाई नमुना परीक्षण गर्दा हैजा पुष्टि भएको थियो । आइसियूमा उपचारपछि उनीहरू हालै डिस्चार्ज भएका …

पुरा पढ्नुहॊस »

उपत्यकामा १२ जनामा हैजा देखियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए । तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकाका नौ स्थानमा देखियो हैजा

काठमाडौं । कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थानमा ९ जनामा हैजा देखिएको हो । ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ । जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा …

पुरा पढ्नुहॊस »

पोखरामै सफल भयाे मिर्गौला प्रत्यारोपण !

काठमाडाैँ । अब पोखराबाटै मिर्गाैलाकाे प्रत्यारोपण सम्वभ हुने भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बसहसवार मिर्गौला प्रत्यारोपण गरेको हो । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको सहयोगमा यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूले बिहीवार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन् । करिब १ वर्षदेखिको प्रयास अहिले सफल भएको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए । उनलाई आफ्नै श्रीमान्‌ले मिर्गौला दिएका हुन् । यो अस्पतालमा मात्रै दैनिक ३० भन्दा बढी …

पुरा पढ्नुहॊस »

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं । सरकारले आजदेखि २७ जिल्लामा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिँदैछ । खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने जनाइएको छ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप …

पुरा पढ्नुहॊस »

बूढानीलकण्ठ र सानेपामा पनि हैजा

काठमाडाैँ । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ। काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो। काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी …

पुरा पढ्नुहॊस »

मङ्कीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ । मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिइन् । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई …

पुरा पढ्नुहॊस »

नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौँ । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको हाे । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो । उनका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, …

पुरा पढ्नुहॊस »

मंकीपक्स संक्रमणको केन्द बन्दै युरोप

एजेन्सी । युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत युरोपका २५ देशहरूमा छन् । अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको …

पुरा पढ्नुहॊस »

पुरुषलाई भन्दा महिलालाई किन बढी चिसो हुन्छ ?

एजेन्सी । जाडो आउँदा कम्बलको प्रयोग कहिले सुरु गर्ने भन्ने सम्बन्धमा हामी सबैको फरक-फरक प्राथमिकताहरू छन् । कार्यालयमा थर्मोस्ट्याट (तापमान नियन्त्रण यन्त्र) को सेटिङलाई लिएर पुरुष र महिला कर्मचारीहरू बीच झगडा हुनु सामान्य हो । वास्तवमा, अनुसन्धानकर्ताहरुले महिलाहरु पुरुषको तुलनामा कोठा भित्र उच्च तापमान रुचाउँछन् । तर महिलालाई पुरुषभन्दा बढी चिसो महसुस हुनुको पछाडि कुनै विज्ञान छ त ? लगभग उस्तै तौल भए पनि, महिलाको शरीरमा तातो उत्पादन गर्न पुरुषको …

पुरा पढ्नुहॊस »