मनॊरञ्जन

कपिल र सुनिलको पुनर्मिलन, अब नयाँ शो नेटफ्लिक्समा आउने

काठमाडौँ । आफ्नो कमेडीबाट देशका दर्शकमाझ आफ्नो पहिचान बनाएका कपिल शर्मा अहिले आफ्नो आगामी कमेडी शोलाई लिएर चर्चामा छन् । कपिलले वर्षौंदेखि टिभीमा आफ्नो समूहसँग ‘द कपिल शर्मा शो’ मार्फत मानिसहरूलाई हसाउदै आएका छन् । ‘द कपिल शर्मा शो’ को चौथो सिजन यसै वर्ष जुलाईमा सकिएको थियो । यस पछि, दर्शकहरु कमेडियन शो को अर्को सिजनको लागि उत्सुकतापूर्वक पर्खिरहेका थिए । हालै कपिलले आफ्नो अर्को शो घोषणा गरेका छन् । …

पुरा पढ्नुहॊस »

तेस्रो अन्तर्राष्ट्रिय ‘वाटरकलर फेस्टिबलज’ हुँदै

काठमाडौँ । पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तराष्ट्रिय वाटरकलर फेस्टिबल)को सबै तयारी पूरा भएको छ । कूल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा विदेशी ३० सहित झण्डै दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए । नेपाल कला परिषद्मा भोलि महोत्सव उद्घाटन हुनेछ । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यान्मा, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल …

पुरा पढ्नुहॊस »

चलचित्र ‘पानीफोटो’ सिनेमाघर एपमा रिलिज, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ । गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको ‘पानीफोटो’ मा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, …

पुरा पढ्नुहॊस »

कमेडियन अपूर्वक्षितिजलाई दोषी करार गर्दै अदालतले तोक्यो १० हजार जरिवाना

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वक्षितिज सिंहलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ। आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले मुलुकी अपराध संहिताको दफा १६५ सामाजिक रीति स्थितिमा खलल पार्न नहुने कसुरमा उनलाई १० हजार जरिवाना गराएको हो । उनीमाथि सार्वजनिक शान्तिविरुद्ध, जातीय भेदभाव तथा छुवाछुत र जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा पनि मुद्दा परेको थियो । तर ती मुद्दामा भने दाबी नपुगेको …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा सम्पन्न

काठमाडौं । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव अनुष्का अर्यालद्वारा निर्देशित चलचित्र ‘सङ्कुुल’ प्रथम भएको छ । शनिबार चलचित्र विकास बोर्डमा सम्पन्न प्रतियोगितामा अनिता स्याङ्बो निर्देशित ‘वर्थ’, श्रेयन राज भण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार आफ्नो पोल्टामा पार्न सफल भए । उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेको महोत्सवको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले …

पुरा पढ्नुहॊस »

‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका-७ स्थित घुमाउनेटोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरूको भरिएका एम्युजमेन्ट अर्थात् मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो । पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारसँग रमाउन फाष्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको छ । यस सम्बन्धी जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमनकिशोर पुनले आधुनिक तथा व्यस्त जीवनशैली, बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा …

पुरा पढ्नुहॊस »

काठमाडौंमा बलिउड गायक अरिजितको कन्सर्ट

काठमाडौं । बलिउडका चर्चित गायक अरिजित सिंह नेपालमा पहिलोपटक गुञ्जिएका छन् । शनिवार साँझ काठमाडौंको चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित ‘अरिजित सिंह लाइभ इन नेपाल’ कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरूमार्फत नेपाली दर्शकलाई झुमाएका छन् । उनले झन्डै ४ घन्टा गीत गाए । त्यहाँ उनले लाइभ गीत गाउनुका साथै फ्यानहरुलाई अटोग्राफ पनि दिए । नेपालको राष्ट्रिय झण्डा काँधमा राखेर समेत उनले केहीसमय प्रस्तुति दिएका थिए । उनले गीत गाइरहँदा दर्शकहरूले पनि उनीसँगै …

पुरा पढ्नुहॊस »

अब राजनीतिसंगै अभिनयलाई निरन्तरता दिन्छु : रेखा थापा

काठमाडौँ । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले बताइन् । ‘म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ ? भन्ने जिज्ञासा राख्नुहुन्थ्यो । म विविध कारणले केही समय विश्राममा रहे पनि अलग भने भएको थिइन,’ अभिनेत्री थापाले भनिन् । …

पुरा पढ्नुहॊस »

टिकटकको विकल्पमा नेपाली भिडियो एप ‘रमाइलो’

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप ‘रमाइलो’ सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले सञ्चालनमा ल्याएको सो एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ । कम्पनीले कन्टेन क्रियटरलाई पनि केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै …

पुरा पढ्नुहॊस »

‘यो मन मेरो दोमन भो’ सार्वजानिक

काठमाडौं । किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको संगीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी गाईजका निर्मलकुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, गीतकार निर्मलकुमार, मन्जित वाईबा, अञ्जन मोक्तान कान्छा र गायक किसनको अभिनय छ । सेवा रेकर्डिङमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक …

पुरा पढ्नुहॊस »