गायिका आत्मदाह प्रयास : गायक बाबुल गिरीलाई प्रहरीले बोलायो

काठमाडौं । चर्चित गायक तथा संगीतकार धनबहादुर गिरी ‘बाबुल’ जलेर घाइते भएका छन् । शनिबार अनामनगरस्थित उनको स्टुडियोमा गायिका तथा कलाकार नितु पौडेलले आत्मदाहको प्रयास गर्दा उनी घाइते भएका हुन् ।

प्रहरीका अनुसार आत्मदाह गर्ने पौडेलको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मरभन्दा माथिको अधिकांश भाग जलेको छ । उनी अहिले बोल्न सक्छिन् । गिरीको भने हात र खुट्टामा चोट लागेको छ । उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

घटनालगत्तै प्रहरी पुगेकाले घाइतेको तत्काल उद्धार हुन सकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार पौडेल शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियो पुगेकी थिइन् । सोही क्रममा दुई पक्षबिच विवाद भएको थियो । विवादपछि उत्तेजनामा आएकी पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी छिन् ।

निभाउने क्रममा गिरीको घाइते भएका थिए । पौडेल र गिरी केही समययता प्रेममा रहेको बताइन्छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ का ३३ वर्षीय गिरीले अनामनगरमा यम तिलक नामको स्टुडियो सञ्चालन गर्दै आएका थिए । ३२ वर्षीय पौडेल भने सोही स्टुडियोमा काम गर्थिन् । गायक गिरीलाई प्रहरीले बोलाएर सोधपुछ सुरु गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री