मिलन खड्काको निर्देशनमा बनेकाे बादल थापाको “धुरूरू” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । कुसुम मिडिया क्रियसन प्राइभेटको नयाँ प्रस्तुती “धुरूरू” नामक गीत बजारमा आएको छ ।
लोकप्रिय गायक तथा संगितकार बादल थापाको स्वरमा रहेको यो गीत उनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
बजारमा आएको यस “धुरूरू” गीतमा शब्द, संगीत एवं स्वर गायक थापा कै रहेको छ ।मिलन खड्काको निर्देशनमा बनेको यो गीतमा भित्र रोहेर पनि बाहिर हास्नुको पीडालाई समेटिएको छ ।

प्रेमिकाको वियोग, याद र चिनो सबै कुराको मिसावटमा बनेको यो गीत साँच्चै नै मार्मिक छ ।

चक्र बहादुर बरालले खिचेका यो गीतको सम्पादन हीम सागर बामले गरेका हुन् । यो गीतको सहायक निर्देशन पनि हीम सागर बामले नै गरेका हुन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस