मनॊरञ्जन

मनोज गजुरेलले जिते कोरोना, अस्पतालबाट फर्किए घर

काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमित भएर आइसियुमा पुगेका गजुरेल ११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका हुन् । कोरोना संक्रमित भएर स्वास्थ्यमा समस्या आएपछि गजुरेल बलम्बुस्थित एपीएफ कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए । ‘११ दिनको अस्पताल बसाइपछि घर फर्किएर आराम गरिरहेको छु’, गजुरेलले सामाजिक सञ्जालमार्फत भने- ‘कोभिड-१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कने छु ।’उनले …

पुरा पढ्नुहॊस »

बलिउड चलचित्र “सुरज पे मंगल भारी” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै , डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९ मा हेर्न सकिने ।

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले संचालन गरिरहेकोछ । कार्तिक ३० गते रिलिज हुने चलचित्र “सुरज पे मंगल भारी” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् । यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे हेर्न सकिन्छ । चलचित्र …

पुरा पढ्नुहॊस »

प्रियंका र परमिता साथसाथ

अभिनेत्री परमिता आर एल राणा फुर्सदिली बनेकी छिन् । केहि सयम अगाडि चितवनको मेघौली घुमेर यतिबेला राजधानी फर्केकी छिन् । अब परमिता अभिनेत्री प्रियंका कार्कीको युटुब च्यानलमा देखिदैछिन् । कार्कीले हाल चप चप डायरिज चलाइरहेकी छिन् । यसैका माध्यमबाट उनी खानेकुरा पकाउन सिकाउँछिन् उनी । उनीले चलाउने शोमा कलाकार पनि पुग्ने गरेका छन् । नायिका प्रियंका लकडाउनको समयमा युटबमा व्यस्त थिइन् । प्रियंकाको चप चप डायरीजमा परमिता देखिदैछिन्। प्रियंका र …

पुरा पढ्नुहॊस »

गायक राजेश पायल राईको ‘पुर्वै शहर’को भिडियो सार्वजनिक

गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको छ । गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ ।

पुरा पढ्नुहॊस »

मेलोडी म्यूजिक ग्रुपको “आज किन” बोलको गीत सार्वजनिक

काठमाडौं । मेलोडी म्यूजिक ग्रुपको प्रस्तुतिमा “आज किन” बोलको गीत सार्वजनिक गरिएको छ । विगत ३ वर्षदेखि सामाजिक कार्यमा योगदान पु¥याउदै आएको गु्रपले विशेषगरी नयाँ प्रतिभालाई अवसर दिदै आएको छ । २०७४ सालमा पहिलो तीजको गीत “यसपालिको तीजमा” बोलको गीतसगै मेलोडी म्यूजिक गु्रपले ‘सांगीतिक यात्रालाई पु¥याउन माथी, एम.एम.जी गु्रप नै भरपर्दो साथी’ भन्ने नारा दिएर नेपाली सांगीतिक क्षेत्रमा उदायको हो । सोही गु्रपले सार्वजनिक गरेको दोस्रो गीत ‘आज किन’ मा …

पुरा पढ्नुहॊस »

निशान भट्टराईको‘सुकुटे बिच’

गायक निशान भट्टराई र नेहा खड्काको स्वरमा समावेश ‘सुकुटे बिच’ गीत सार्वजनिक भएको छ । डिएआर मुभिजले प्रस्तुत गरेको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय छ । सन्तोष राजबहाकले निर्देशन गरेको  यो म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन् ।

पुरा पढ्नुहॊस »

बलिउड नायिका तथा मोडल पूनम पाण्डे पक्राउ

एजेन्सी ।   बलिउड नायिका तथा मोडल पूनम पाण्डे गोवामा अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पक्राउ परेकी छिन । गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई सरकारी सम्पत्तीमा अभद्र व्यवहार तथा अश्लिल भिडियो छायांकन गरेको आरोपमा पक्राउ गरेको  हो  । पूनमले अश्लिल भिडियोको छायांकन चापोली बाँध क्यानाकोनामा गरेकी थिइन् । पूनमको  यो भिडियो अहिले गोवामा भाइरल भैरहेको छ । पूनमको भिडियोले …

पुरा पढ्नुहॊस »

संक्रमित कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या, आईसीयूमा भर्ना गरियो

काठमाडौं । कोरोना संक्रमित भएका बरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार थालिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए । तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको …

पुरा पढ्नुहॊस »

गायक कमल खत्रीको ‘याद’

गायक कमल खत्रीको स्वरमा समावेश ‘याद’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत कमल खत्रीकै रहेको छ। गीतको भिडियोमा सुदिप लम्साल र समिक्षा पोखरेलको अभिनय रेहेको छ । पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन्।

पुरा पढ्नुहॊस »

निर्देशक राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा

एजेन्सी ।     ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् ।भीमको लुक्सलाई फेरि छायांकन नगरेको खण्डमा थिएटर जलाउने धम्की समेत दिइएको छ । केही दिन पहिले फिल्मका कलाकार जुनियर एनटीआरको फष्टलुक सार्वजनिक भएको थियो । जसमा उनी कोमराम भीमको भूमिकामा देखिएका थिए । फष्टलुकमा उनले कुर्ता, पाइजामा र मुस्लिम टोपी लगाइएका छन् । तेलङ्गाना भाजपाले …

पुरा पढ्नुहॊस »