जनकपुर । मिथिला नाट्यकला परिषद्ले दिँदै आएको महामूर्खको उपाधि यस वर्ष चर्चित हास्य कलाकार महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । परिषदले प्रत्येक वर्ष होली पर्वको पूर्वसन्ध्यामा महामूर्ख सम्मेलन गरी समाजका विभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएकाहरूलाई सम्मानस्वरूप ‘महामूर्ख’सहितका उपाधि प्रदान गर्दै आएको छ । यसैगरी, कवि शिरोमणिको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई प्रदान गरिएको छ । जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवलाई चोन्हमा, …
पुरा पढ्नुहॊस »रहेनन् ‘बेनीको बजार, जता माया उतै छ नजर…’ का सर्जक श्रेष्ठ
काठमाडाैँ । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता माया उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता माया उतै छ नजर…’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा …
पुरा पढ्नुहॊस »गायक देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक
काठमाडाैँ । गायक देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत बब्लुकै रहेको छ । बब्लुले नै निर्देशनमा भिडियो रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देबेन्द्र बब्लु , कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुङ्गाना, गणेश भण्डारी लगायतका कलाकारहरुलाई हेर्न सकिन्छ …
पुरा पढ्नुहॊस »गायिका सज्जा चौलागाई र गायक बलबहादुरको ‘के यस्तो माया बस्यो नी’
काठमाडाैँ । गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ । हरि लम्सालको यो गीतमा शब्द तथा संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नाजिर हुसेन र मोडल सुरविना कार्कीलाई हेर्न सकिन्छ । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।
पुरा पढ्नुहॊस »आमिर खानलाई कोरोना संक्रमण
काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।
पुरा पढ्नुहॊस »‘फुलबुट्टे सारी’युगान्डाकी गायिकाले गाएपछि(हेर्नुहोस)
काठमाडौं । ‘फुलबुट्टे सारी गीत नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको स्वरलाई ४ लाख पटक भन्दा बढी सुनिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ । वियोन्सले भिडियोको सुरुवातमा विश्वका सबै सुन्दर मान्छेहरुका लागि गीत समर्पित गरेको उल्लेख गर्दै अझ विशेष रुपमा नेपालीका लागि गीत गाएको उल्लेख गरेकी छिन् । …
पुरा पढ्नुहॊस »धुर्मुस-सुन्तलीले थाले मेची-महाकाली अभियान
काठमाडाैँ । महत्वाकांक्षी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले मेची-महाकाली अभियान थालेका छन् । धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष उनीसहितको टोलीले कञ्चनपुरबाट उक्त अभियान थाल्न लागेको हो । यो अभियान अन्तर्गत आज कन्चनपुरका विशेष कार्यक्रम गरिने भएको छ । धुर्मुससहितको टोलीलाई चितवनस्थित रंगशाला निर्माणस्थलबाट श्रमिकहरुले विदाई गरेका थिए । धुर्मुस-सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भइरहेको रंगशाला निर्माणमा सबैको अपनत्व र योगदानका …
पुरा पढ्नुहॊस »गायक सुगम पोखरेलको ‘तिम्रो लागि’
काठमाडौं । गायक सुगम पोखरेलको स्वरमा ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भएको छ । मनिष बशिष्टको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा गम्भिर बिष्ट र मोडल गीता ढुंगानालाई हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमो सुवोल थापाको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ ।
पुरा पढ्नुहॊस »अन्जु र प्रमोदको ‘उडायो पछ्यौरी’
काठमाडौं । गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । यो गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, सिरेन बरालको निर्देशन र अमृत चापागाँइको सम्पादन छ ।
पुरा पढ्नुहॊस »एक दशक पुरा गर्दै डिशहोमको प्लसमुभि च्यानल
काठमाडौं । टेलिभिजनमा नेपाली चलचित्रहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्य सहित डिशहोमले शुरु गरेको प्लस मुभि च्यानलले एक दशक पुरा गरेको छ । डिशहोममा मुभि अन डिमाण्ड नामबाट सुरु गरिएको यस च्यानल सन २०१२ देखी प्लसमुभि च्यानलको नामबाट संचालन भईरहेको छ । दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल डिशहोमका दर्शकहरुमाझ अत्यन्त लोकप्रिय रहेको छ । नयाँ,पुराना तथा सबै विधाका नेपाली चलचित्रहरु प्रदर्शन गरिरहेको प्लस मूभि च्यानल डिशहोममा …
पुरा पढ्नुहॊस »