मदनकृष्ण श्रेष्ठ र इन्दिरा जोशीको ‘ह्याप्पी हार्ट’ सार्वजनिक (भिडियाे)

हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ह्याप्पी हार्ट’ बोलको गीतमा सरना श्रेष्ठको शब्द तथा यमन श्रेष्ठको संगीत रहेको छ।

सरना श्रेष्ठकै निर्देशनमा बनेको भिडियोमा मदनकृष्ण र इन्दिरा नै फिचर्ड भएका छन्। निर्देशक सरनालाई पनि यो भिडियोमा देख्न सकिन्छ।

राजीव समरको कोरियोग्राफीमा बनेको भिडियोलाई हरि हुमागाईंले खिचेको हुन् भने सम्पादन नविन निरौलाले गरेका छन्।

मदनकृष्ण श्रेष्ठ पछिल्लो समय गायनमा सक्रिय छन्। ‘फुलबुट्टे सारी’को लिजेन्ड भर्सनमा उनकाे आवाज निकै रूचाइएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस