काठमाडौं । केही दिन पहिले काठमाडौंमा आयोजित कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको भनेका थिए । आँचलसँगै केही भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको समेत वताए । म्युजिक भिडियोमा उनीले महंगो लगानी गर्दै आएका छन । आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने जानकारी समेत दिएका छन् । आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु गर्छन्,त्यसकाे डेट भने सार्वजनिक गरेका छैनन्।
चर्चित नायिका आँचल शर्माले लकडाउन अगाडि चलचित्र ‘झिंगे दाउ’मा काम गरेकी थिइन् । यो चलचित्रपछि आँचलले नयाँ चलचित्र कुनैमा पनि साइन गरेकी छैनन् ।आँचल आफैंले पनि चलचित्र निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । निर्देशक मिलन चाम्सलाई लिएर उनले चलचित्र बनाउन लागेको र यो चलचित्रका लागि नायक प्रदीप खड्कालाई अफर गरिएको भने समाचार सार्वजनिक भएको थियो । मिलन र आँचलको चलचित्र निर्माण हुनका लागि पनि केही समय लाग्ने वताइएकाे छ ।




