मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई

राजधानीमा शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकी १० वर्षिया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन्।

नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्या मुख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन सफल भइन्।

प्रतियोगिताका प्रमूख निर्णायक अशोकबाबु श्रेष्ठद्वारा सोधिएको उत्कृष्ट ५ मा पुग्न सफल प्रतियोगिहरुलाई नेवारी कला, संस्कृति र संस्कार किन महत्वपूर्ण छ भन्ने प्रश्नमा संस्कृति मानव निर्मित सामाजिक घटक हो, जुन मानव सभ्यता र उनीहरूको पहिचानको अस्तित्वको लागि बनाइएको हो। यसमा हामीले बोल्ने भाषा, हामीले मनाउने जात्रा र चाडपर्व, हाम्रो समाजमा पालना गर्ने परम्परागत भेषभुषा रीतिरिवाजजस्ता सबै मूर्त र अमूर्त सम्पदा समावेश हुन्छन्। यदि संस्कृति छैन भने मानिसको आफ्नो समुदाय र समाजमा सामाजिक पहिचान हुँदैन। मलाई लाग्छ मानव सभ्य र अनुशासित बनाउनको लागि संस्कृति पनि महत्त्वपूर्ण छ। संस्कृतिले जेठोलाई आदर गर्न र सानोलाई माया गर्न पनि सिकाउँछ। हाम्रो चाडपर्व मनाउन र हाम्रो समुदाय तथा समाजमा हाम्रो भाषा बोल्नको लागि संस्कृति महत्त्वपूर्ण छ भन्ने सटिक जवाफ दिएर निर्णायहरुको मन जितेकी थिइन्। उनलाई प्रमूख उपाधि जितेवापत नगद २५ हजार रुपैंयाँ प्रदान गरिएको थियो।

कोभिडपछिको माहौलमा पहिलोपटक खचाखच दर्शकका बीच सम्पन्न १३औं संस्करणको मिस लिटिल नेवाः नेपाल प्रतियोगितामा प्रतिनिधी मानन्धर फस्ट रनर्सअपका साथमा सोसियल वेलफेयर एम्बेस्डर चिफ, रिकृष्ना डंगोल सेकेण्ड रनर्सअप र नयना शाक्य मिस ट्यालेन्ट उपाधि विजेता भएका थिए।

त्यसैगरी सिचु मानन्धर मिस ट्यालेन्ट फस्ट रनर्सअप र सारिका श्रेष्ठ मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपका साथमा वेस्ट स्माइल चुनिएका थिए। फस्ट र सेमेन्ड रनर्सअपका विजेतलाई क्रमश १५ र १० हजार रुपियाँ नगद प्रदान गरिएको थियो।

नेवार बालिका तथा किशोरीहरुको आत्मविश्वास बृद्धि तथा नेवारी कला, संस्कार, भाषा र संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तानतरण गर्ने उद्येश्यका साथ वर्षेनी मिस लिटिल नेवा नेपाल आयोजना गर्दै आएको यसको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्।

त्यसैगरी कार्यक्रमका प्रमूख अतिथी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो कार्यक्रमले नेवार संस्कार र संस्कृति बचाउन सघाउने चर्चा गर्दै काठमाडौं महानगरभित्रका विद्यालयमा नेवार संस्कृति पठनपाठन गर्ने वातावरण बनाउने बताए। प्रतियोगिता मिस नेवाः कि फस्ट रनर्सअप प्रिया तण्डुकार र चार्मिङ पर्सनालिटी प्रजिता श्रेष्ठको कोरियोग्राफी तथा रोजिन शाक्यको सञ्चालनमा सम्पन्न भएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस