बलिवुड अभिनेता जोन अब्राहम दम्पति कोरोना संक्रमित

काठमाडौँ । बलिवुड अभिनेता जोन अब्राहम दम्पतिलाई कोरोना संक्रमण भएको छ । अभिनेता अब्राहमले आफु र पत्नी प्रिया रुचालको कोरोना परिक्षण पोजेटिभ भएको र आफुहरुलाई सामान्य लक्षण रहेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्- ‘म ३ दिनअघि एक व्यक्तिसँग सम्पर्कमा आएको थिए, जसलाई कोभिड भएको थाहा भयो । प्रिया र मैले कोभिडको परिक्षण गरेकोमा पोजेटिभ देखिएको छ । हामी घरमा क्वारेन्टाइनमा छौं, त्यसैले अरू कसैसँग सम्पर्कमा छैनौं । हामी दुबै खोप लगाएका छौं र हल्का लक्षणहरू अनुभव गरिरहेका छौं । कृपया राम्रो र स्वस्थ रहनुहोस् । मास्क लगाउनुहोस् ।’

भारतमा कोरोना संक्रमण बढिरहेको बेला बलिवुड सेलिब्रेटीहरु पनि संक्रमित हुने क्रम बढेको छ । पछिल्लो समय अभिनेत्री करीना कपूर खान, शनाया कपूर, अभिनेता अर्जुन कपूरलाई कोभिड संक्रमण भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after