राजेशपायल राईमाथि हातपात गर्ने शेर्पाले मागे माफी

काठमाडौं । गायक राजेशपायल राईमाथि अमेरिकामा स्टेजमै चढेर दुर्व्यबहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । शेर्पा सँस्कृति अनुसार उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । जनजाति समुदायमा यसलाई ‘शीर उभाउनी’ भनिन्छ ।

अमेरिका निवासी ससाङ लामाले भनेका छन्, ‘हाम्रो हिमाली संस्कार र किराँती संस्कारमा ‘बिजुली पानी’ राखेर माफी मागी सकेपछि खुला हृदयले माफी दिन्छन् । परापूर्वकालदेखि नै हाम्रा मतवालीका पुर्खाहरूले झगडा-रगडा हुँदा यसरी नै सल्टाउँदै आएका छन् । अब आगोमाथि घीउ थप्ने काम नगरौं ।’

उनले माफी मागेको तस्बिर सार्बजनिक भएको छ जहाँ दुबै जना खुशी देखिन्छन् । शनिबार अमेरिकामा आयोजित नयाँ वर्षको स्वागत कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर हातपातको प्रयास गरेका थिए ।

गायक राईले पनि मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताएका छन् । ‘मेरो धर्म नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तर प्रतिस्पर्धा गर्न सकुन् भन्ने नै हो । म आज जहाँ छु यहाँहरूकै आर्सीवादले छु,’ उनले भने अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ, मेरो शुभचिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु ।’

देश बाहिर रहेकाले आ-आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गली नगर्न पनि आग्रह गरेका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो,’ उनले भने, ‘उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अब उप्रान्त हाउलाई गाली गलोज नगर्न आग्रह गर्दछु ।’

भिडियोमा शेर्पाको व्यवहारले गायक राई आक्रोशित देखिए पनि आयोजकले भने घटनाको बचाउ गरेको थियो । भिडियो सार्वजनिक भएपछि शेर्पाको त्यो हर्कतको सर्वत्र आलोचना भएको थियो । अमेरिकाका केहि कार्यक्रम सकेर गायक राई केहि दिनमै स्वदेश फर्कदै छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री