मनॊरञ्जन

मिस युनिभर्स: अन्तिम तयारीमा १६ सुन्दरीहरू

आउँदो शनिबार घोषणा हुने ‘मिस युनिभर्स नेपाल २०२१’ को तयारी भइरहेको जनाइएको छ। राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय कस्मेटिक वितरण कम्पनी ओरीफ्लेमले मिस युनिभर्स नेपाल २०२१ को टाइटल स्पोन्सर गर्ने जनाइएको छ। कन्ट्री निर्देशक नग्मा श्रेष्ठले प्रतियोगिता अन्तिम तयारीमा रहेको जानकारी दिइन्। ‘हामीले मिस युनिभर्स नेपाल घोषणा गर्दैछौं,’ नग्माले भनिन्, ‘आउँदो शनिबार हुने फाइनलमा टप १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछिन्।’ मिस युनिभर्स नेपालको ताजका लागि हुने …

पुरा पढ्नुहॊस »

‘चुरिफुरी’को आइटम गीत ‘ओइ ओइ पियारी’

काठमाडौँ । फिल्म ‘चुरिफुरी’ को पहिलो गीत ‘ओइ ओइ पियारी’  सार्वजनिक गरिएको छ  । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको को गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर रहेको छ । दीपक शर्माको संगीत रहेको गीत निर्देशक आचार्य र शर्माले मिलेर लेखेका हुन् । गीतमा फिल्मका कलाकार अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित …

पुरा पढ्नुहॊस »

यम बरालको ‘खुशीको गीत’ सार्वजनिक

गायक यम बरालको स्वर, विरेन्द्र कुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीतमा तयार भएको ‘खुशीको गीत’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिश्का क्षेत्रीको अभिनय छ । भिडियोमा अमृत पाण्डेको छायांकन, विकास वीसीको सम्पादन छ  भने संचारकर्मी कुमार आचार्यले निर्देशन गरेका छन ।

पुरा पढ्नुहॊस »

नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ SonyLIV र टेलिनेटबीच साझेदारी

काठमाडौं ।सोनी पिक्चर्स नेटवक्र्स ईण्डिया(Sony Pictures Networks India ‘SPNI’) को लोकप्रिय ओटीटी प्लाटफर्म, क्यलथीक्ष्ख् ले टेलिनेट प्रा. लि. सँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो ओटीटी प्लाटफर्म आईओएस (iOS), एण्ड्रोइड र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ । नेपालका ग्राहकहरुलेwww.gfsarena.com वेवसाइटमा गई SonyLIV …

पुरा पढ्नुहॊस »

अमृत खातीको ‘तिहारमा देउसी र भैलो’ (भिडिओ)

काठमाडौँ । गायक तथा सर्जक अमृत खातीले तिहार लक्षित देउसी र भैलो बोलको गीत सार्वजनिक गरेका छन् । उनले शुक्रवार सञ्जीव ठकुरीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् । गायक खाती र कमल रेग्मीको शब्द तथा खातीकै संगीत रहेको गीतमा गायक खातीसहित अन्य गायक गायिका सुनिता सुनेल, बिक्रम कालिकोटे तथा सुचिता खातीको स्वर छ । गीतको एरेन्ज कमल सौरागले गरेका हुन् भने अडियो मिक्सिङ मनोज परियारले गरेका छन् । गीतको …

पुरा पढ्नुहॊस »

‘माया पिरेम’को टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार

काठमाडौँ। ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको ‘माया पिरेम’ बोलको गीतमा टीकटक बनाउनेलाई ८ हजारदेखि १ लाखसम्म पुरस्कार दिने निर्माणपक्षले बताएको छ । हालसम्म २० लाख भन्दा बढी दर्शक पाएको यो गीतका क्लिपहरु ट्रि इन्टरटेन्मेन्ट नामक टीकटक एकाउन्टमा राखिएको छ । आयोजक ट्रि इन्टरटेन्मेन्टले कात्तिक २२ गतेसम्म टीकटक बनाउन सकिने बताएको छ । आयोजकले दिएको ह्यास्टट्यागहरु प्रयोग गर्दै टीकटक बनाउन सकिनेछ । यो प्रतियोगीताको विजेताले १ लाख पुरस्कार पाउनेछन् । य स्तै, दोश्रो …

पुरा पढ्नुहॊस »

अस्मिता अधिकारीको ‘तिम्ले माया मारी गयौ’

गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । गीतकार बिष्णु निरौलाको शब्द रहेको   गीतमा राजेश थापाको संगीत छ । उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने,विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

एएनपी नेशनल अवार्डस–२०२१ काे आयोजना

विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्ने भएको छ। स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्कीले जानकारी गराएका छन्। उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको …

पुरा पढ्नुहॊस »

सुदीपको गीत ‘म हिँडे घर..’ सार्वजनिक

डेनमार्कमा बसोबास गरिरहेका गायक सूदिप श्रेष्ठ ‘साम’ले ‘म हिँडे घर..’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतको भिडियोमा सुवास महर्जन र जेस् भट्टराईको अभिनय देख्न सकिन्छ । रेलोनले संगीत संयोजन गरेको गीतको भिडियो गायक सुदीपले सुशील घिमिरे र रतिस तुलाधरसँग मिलेर निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

कमेडीयन भरतमणि पौडेललाई दमकमा अभिनन्दन

राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ। भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शो मा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल ताप्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताए। अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। भर्खरै सम्पन्न रियालिटी शाे मा उपाधि जित्दै …

पुरा पढ्नुहॊस »