नेपाल संगीत उद्योग संघको अध्यक्षमा पुनः सूर्यबहादुर

काठमाडौं । नेपाल संगीत उद्योग संघको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सूर्यबहादुर मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

यसअघि अध्यक्ष रहनुभएका मगर पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा मेघराज मगराती, महासचिवमा जितबहादुर रावत, सचिवमा सुनिल लामिछाने, कोषाध्यक्षमा ललित केसी, सदस्यमा खगेन्द्र यक्सो, रुकमान लिम्बू, लक्ष्मी रेग्मी, खुसी थुलुङ, दिपसागर थापा र कृष्ण गैरे रहेको अध्यक्ष सूर्यबहादुरले जानकारी दिनुभयो ।

कार्यक्रममा समाजसेवी, संगीत व्यवसायी, चलचित्र व्यवसायी, पविभिन्न पेशाका व्यवसायी, कलाकारलगायत अन्य व्यक्तिको सहभागिता थियो । सो अवसरमा विभिन्न स्रष्टा सर्जक, नेपाल संगीत उद्योग संघका नयाँ आजीवन सदस्य, शुभचिन्तक र नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेरो इमान्दारिता र ब्रान्ड ध्वस्त भयो : सुरजसिंह ठकुरी

काठमाडौं । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘इट्स माइ शो’मा प्रसारण भएको पछिल्लो एपिसोड विवादमा तानिएको …

प्रतिकृया दिनुहॊस