मनॊरञ्जन

कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडौँ । गायक तथा तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उनीहरुले आफूहरुले इन्गेजमेन्ट गरे जानकारी गराएका हुन् । कमल र मेलिना केही समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो। चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्। जीवनको उतारचढावमा सदैव …

पुरा पढ्नुहॊस »

फोटो र भिडियोग्राफीका अब्बल हस्ती नील

धनगढी । आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ । सबैका हात-हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ । विवाह होस् या अन्य पार्टी उत्कृष्ट भिडियो र फोटोको चाहना हरकसैमा हुन्छ तर यसको आवश्यक ज्ञानबिना त्यो सम्भव छैन । पछिल्लो समय फोटो र भिडियोग्राफीमा मनग्य ज्ञान बटुलेका नील विष्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका लागि कुनै नौलो नाम …

पुरा पढ्नुहॊस »

कमेडियन अपूर्व क्षितिज रिहा

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ । कोरोना संक्रमणका कारण पछि हाजिर गराउने गरी उनलाई तारेखमा रिहा गरिएको हो । नेवार समुदायमाथि लक्षित गर्दै व्यङ्ग्य सामाग्री प्रसारण गरेको आरोपमा उनी पक्राउ परेका थिए । अपूर्वलाई प्रहरीले १२ भदौमा पक्राउ गरेर थुनामा राखेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलका अनुसार अपूर्व क्षितिज सिंहलाई उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी रिहा गरिएको हो …

पुरा पढ्नुहॊस »

सोमबार हल बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौं  । चलचित्र संघले सोमबार एक दिन देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रदीपकुमार उदयले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् । हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स हलहरूले शुक्रबार रिलिज हुने ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी चलचित्रका लागि …

पुरा पढ्नुहॊस »

पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ

काठमाडाैं । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको …

पुरा पढ्नुहॊस »

बलात्कारको मुद्दामा पलले पाए सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद

काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा भने शाहले सफाइ पाएका छन् । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार …

पुरा पढ्नुहॊस »

झिँगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घेराहाले (तस्बिरहरू)

काठमाडौं – आँचल शर्मासहितको अभिनय रहेको चलचित्र झिँगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिँगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो ।चितवनका दुवै हलमा झिँगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया …

पुरा पढ्नुहॊस »

बोर्डले शो दिँदैन, नीति निर्माण गर्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेको सिनेमालाई हलमा शो दिने काम गर्दैन भन्ने तथ्यलाई बुझिदिन आग्रह गरेका छन् । ‘सम्हालिन्छ कहिले मन’को प्रिमियर शो पछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्ने गलत बुझाई कतिपयमा रहेको भन्दै बोर्डले शो दिने नभइ नीति निर्माणमा मात्रै काम गर्ने बताए । बोर्डकै कारण कुनै फिल्मले शो धेरै र कुनैले कम पाएको भन्ने कुरा नबुझ्न …

पुरा पढ्नुहॊस »

शनिबार ‘नैना’ को विशेष प्रदर्शनी

काठमाडौं । गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’ को भोलि शनिबार राष्ट्रिय नाँचघरमा विशेष प्रदर्शन हुने भएको छ । दीप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ । दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन् । सुरज गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङ, कुमार समरी घले, टेकबहादुर गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा छ । मधुर …

पुरा पढ्नुहॊस »

पल शाहको मुद्दाको आज पेशी

काठमाडाैँ । अभिनेता पल शाहको मुद्दाको पेशी आज तोकिएको छ । नावालिग बलात्कारको आरोप पक्राउ परेका अभिनेता शाहको पेशी तनहुँ जिल्ला अदालतले आज तोकेको हो । अभिनेता शाहका कानुन व्यावसायी अधिबक्ता कमला मोहन वाग्लेका अनुसार मंगलवार तनहुँ अदालतमा पेशी रहेको छ भने नवलपुर अदालतले २१ भदौंका लागि पेशी तोकेको छ । उनका अनुसार मुद्दाको फैसाला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लडन सक्ने तथा थुनामा रहनु पर्ने दुवै मध्य एक …

पुरा पढ्नुहॊस »