काठमाडौं । आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लण्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने भएकी छन् ।
लण्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन् ।
बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ कि विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए । फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरूको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी गराइन् । विमलाले नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने उनको भनाई छ ।
सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन् । क्याबिन क्रुको तालिमसमेत लिएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गरेको अनुभव पनि छ ।
प्रतिकृया दिनुहॊस