‘मोडल हण्ट नेपाल’का लागि ४० प्रतिस्पर्धी छनौट

काठमाडौं । ‘जोय मोडल हण्ट नेपाल २०२३’को लागि ४० प्रतिस्पर्धी छनौट भएका छन् । काठमाडौंमा आयोजित छनौट चरणको अडिसनमा युवायुवती गरेर ४० प्रतियोगी छानिएका हुन् । माल्भिका सुब्बा (मिस नेपाल २००२ तथा मिडिया पर्सनालिटी), रवि धमला (सिइयो-नेक्स्ट मोडल्स नेपाल), रोजिन शाक्य (इन्टरनेशनल कोरियोग्राफर), विवेक खड्गी र मोनिका अधिकारी (विजेता मोडल हन्ट नेपाल २०२२) लगायत निर्णायक रहेको छनौट चरणको अडिशन अझै बाँकी छ ।

प्रतियोगितामा सहभागिताका अझै फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको अडिशनमा छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्स्प्रेसनलगायत ग्रुमिङ कक्षासहित फाइनल स्पर्धामा उतारिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता पुरुष प्रतियोगीले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत आठ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षणसमेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनुभयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds