काठमाडौं । गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेको चलचित्रमा काम गर्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौँ आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका उनले यस्तो बताएका हुन् । गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली माटो परिवेशका चलचित्रका कथाहरूमा अभिनय गरेर अघि बढ्न सुझाव दिए । उनले अभिनेता शाहले चलचित्र र गीत संगीतमा भाइरल हुने भन्दा पनि चलचित्र र गीत, संगीत उद्योगलाई टेवा पुग्ने …
पुरा पढ्नुहॊस »जेलमुक्त भए अभिनेता पल शाह
काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएपछि अभिनेता पल शाह जेलमुक्त भएका छन् । अभिनेता पल आज प्रक्रिया पुरा भएपछि जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन् । उनलाई आइतबार उच्च अदालत पोखराले अभियोगको दाबी नपुगेको भन्दै सफाइ दिएको थियो । नवलपुर जिल्ला अदालतले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएपनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख …
पुरा पढ्नुहॊस »अभिनेता पल शाहले पाए उच्च अदालतबाट सफाइ
काठमाडौं । अभिनेता पल शाह छुटेका छन् । नवलपुर सरकारी वकिल कार्यालयको दाबी नपुगेको भन्दै उनलाई सफाइको फैसला गरिएको छ । शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो ।
पुरा पढ्नुहॊस »ग्यालेक्सिी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने
काठमाडौं । ग्यालेक्सिी एक्सिलेन्स अवार्डको दोस्रो संस्करण हुने भएको छ । गत वर्षदेखि आयोजना गर्न थालिएको यो अवार्डको दोस्रो संस्करण हुने भएको हो । करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय, अन्तर्राष्ट्रिय शो एवं कार्यक्रम आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यो अवार्ड हुन लागेको हो । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा तल्लिन भई लागेर सफलता हासिलगरी देश विदेशमा नाम कमाउन सफल भई …
पुरा पढ्नुहॊस »‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण २६ फागुनदेखि
काठमाडौं । रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि हुने भएको छ । बिहीबार राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी गराइएको हो । यो कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ । निर्देशक लक्ष्मण पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना …
पुरा पढ्नुहॊस »‘बिहे पास’को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर चलचित्रको टिजर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । टिजरमा दयाहाङ र प्रकृतिलाई श्रीमानश्रीमतीको रूपमा देखाइएको छ । प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा रहेको देखिन्छ । प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको चलचित्रमा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेललगायत कलाकारको अभिनय छ । यो …
पुरा पढ्नुहॊस »‘निफ’ को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ
काठमाडाैँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत भएकी छन् । निफका अध्यक्ष केपी श्रेष्ठले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई मनोनयन गरिएको जानकारी दिएका हुन् । यही चैत २ देखि ६ गतेसम्म छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना हुँदैछ । यस वर्ष निफमा छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रमध्येबाट ७ विधामा १४ वटा पुरस्कार प्रदान गरिने जनाइएको छ …
पुरा पढ्नुहॊस »टेलिभिजनका दर्शकलाई सहुलियत दिने नीति ल्याउने तयारी
काठमाडौं । सरकारले टेलिभिजन दर्शकलाई सहुलियत दिने नीति ल्याउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले विदेशी च्यानलको हकमा पैसा तिरेर च्यानलको सुविधा लिने प्रणाली(अलाकार्ट) प्रणाली लागू गर्न लागेको हो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पे एण्ड सर्भिस प्रणाली लागू गर्न लागिएको जानकारी दिए । “टेलिभिजनमा नयाँ प्रणाली लागू गर्न लागिएको छ,” अर्यालले भने । अलाकार्ट प्रणाली लागू भएपछि विदेशी शुल्क लिएर आउने च्यानल हेर्न चाहेमा पैसा …
पुरा पढ्नुहॊस »मिस्टर, मिस एन्ड मिसेस नेशनल आयोजना हुने
काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस्टर, मिस एन्ड मिसेस नेशनल २०२३’ आयोजना हुने भएको छ । कराओके इन्टरटेनमेन्टले राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवा, युवती र विवाहित महिलाको प्रतिभा निखार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा, युवती र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए । पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफी रहने प्रतियोगिताको …
पुरा पढ्नुहॊस »मुन्द्रेको कमेडी क्लब चैत २ बाट
काठमाडौं । हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट प्रसारणमा आउने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतबाट कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने जानकारी दिएका हुन् । जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष प्रियङ्का कार्की रहनेछिन् । यस्तै कलाकारमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहनेछन् । सुमन …
पुरा पढ्नुहॊस »