प्रियंका कार्कीले छानिन् ‘आईसी डिजाइनर रनवे’का लागि २४ मोडल

काठमाडौँ । ‘आईसी डिजाइनर रनवे’ सिजन-१३ का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् । अडिसनमा ३५० भन्दा बढी मोडलको सहभागिता थियो ।

अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, मिष्टर नेपाल विजेता समर्पण कार्की, आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापा लगायतको निर्णायले मोडल छानेका हुन् ।

छानिएका मोडल आगामी चैत्र १६ (मार्च २९) गते होटल याक एण्ड यतिमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । सोमा बिभिन्न फरक फरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन सोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ ।

अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको सोेको रुपमा ‘आईसी डिजाइनर रनवे’को आगामी सिजन आफूले प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले जानकारी दिए । ‘आईसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन शो हो । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शोको अबको सिजनमा आईसी कलेजका २०२१ ब्याजका विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुने जनाइएको छ ।

‘आईसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनु रहेको आयोजक आईसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस