अन्ततः प्रेमी विष्णुसँग विवाह गर्दै एलिना चौहान

काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।

विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् ।

बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् । विष्णु स्वयमले पनि बिहेको खबरको पुष्टि गरेका छन् । ‘हामी वैशाख ५ गते बिहे गर्दैछौँ,’ उनले भने, ‘बिहे समारोह झापामा हुनेछ ।’

उनले एलिनासँगको ब्रेकअफको खबर मिडियाले अफवाह फैलाएको भन्दै झुटो रहेको दाबी गरेका छन् । ‘ब्रेकअफको खबर सरासर झुटो हो । मिडियाले अफवाह फैलाउनु हुन्न’ उनले भने, ‘मंसिरमा बिहे गर्ने योजना थियो । तर, यसले गर्दा छिटो गर्नपर्ने अवस्था आयो ।’

उनीहरु पारिवारिक सल्लाहमै प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन् । एक दर्जन बढी गीत लेखेका सापकोटाले एलिनासँग गीतमा स्वर पनि दिएका छन् । करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अत्यधिक मदिरा सेवन गरेको भन्दै राजेशपायल राईलाई जहाजबाटै फर्काइयो

काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ । …

प्रतिकृया दिनुहॊस