चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को पोस्टर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। एक बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको छ ।

चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा रहेको छ । पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि चलचित्रको थिम बताउँछ ।

अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने चलचित्रकी लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् । ‘नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोस सहित चलचित्रबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ,’ पण्डितले बताइन् ।

केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने र केही लक्षित दर्शकहरूलाई विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन् । हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन् ।

यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस