उर्जा

Energy related news.

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको …

पुरा पढ्नुहॊस »

नेपाल र बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक अाज

काठमाडाैं । नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा शुरु हुने भएको छ । बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठक सोमबार र मङ्गलबार दुई दिनसम्म चल्नेछ । नेपाल–बङ्गलादेशबीचको ‘ संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै …

पुरा पढ्नुहॊस »

विद्युत गृहमा नयाँ यन्त्र जडान

जुम्ला । सदरमुकाम खलङ्गा घुघुत्तीस्थित साना जलविद्युत् उपभोक्ता समितिको विद्युत गृहमा नयाँ यन्त्र जडान शुरु गरिएको छ । भारतीय दूतावासको सहयोगमा खरिद गरिएको यन्त्र ३५ वर्षपछि राख्न शुरु गरिएको हो । उक्त यन्त्र रु दुई करोड ६३ लाखमा विद्युत गृहमा ल्याएर जडान गर्न शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । भारतीय दूतावासले दिने भएपछि तत्कालीन समयमा जिल्ला विकास समितिले बोलपत्र आब्हान गरेको र अहिले जिल्लामै यन्त्र आइपुगेपछि जडान …

पुरा पढ्नुहॊस »

हिमालपारिको जिल्लामा बिजुली बलेपछि खुशीयाली

ठिनी । हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनको बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा पुगेको हो । नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत् विस्तार गरिएको गाउँपालिकाका …

पुरा पढ्नुहॊस »

अरुण तेस्रोकाे सुरुङ मार्ग र विद्युत् गृहको शिलान्यास

सङ्खुवासभा । पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले चिचिला गाउँपालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गरे । उनले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताए । प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । ‘सुरुङ ११ दशमलब ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ’, उनले भने, ‘हामीले काम अघि बढाइसकेका छौँ ।’ …

पुरा पढ्नुहॊस »

अरुण तेस्रो जलविद्युत्ः निर्माण सामग्री भारतबाट नल्याउन माग

विराटनगर । अरुण तेस्रो आयोजनाका लागि भारतीय निर्माण कम्पनीले गिट्टी र बालुवाबाहेक सबै सामग्री भारतबाटै आपूर्ति गर्ने भनिएपछि यहांँका उद्योगी एवं व्यवसायीमा उत्साह कम देखिएको छ । नेपाल सरकार, परियोजना विकासकर्ता एसजेभिएन र अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रालि९एसएपिडिसी०ले संयुक्त रुपमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उद्योग सङ्गठन मोरङका पूर्वअध्यक्ष अशोक मुरारकाले योजनामा लाग्ने सामग्री स्वदेशमै उत्पादन भएको गुणस्तरीय भएकाले सोको प्रयोग हुनुपर्नेमा जोड दिए । नेपालमा उत्पादन भएको सिमेन्ट र स्टिल गुणस्तरयुक्त …

पुरा पढ्नुहॊस »

मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प

पर्वत । आयोजनामा कार्यरत मजदुरको आन्दोलनका कारण पर्वतमा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ। आयोजनाको सुरुङमा विष्फोटनका लागि माटोको लोला भर्ने काममा संलग्न ६ जना मजदुरलाई निष्कासन गरेकोमा विरोध जनाउँदै मजदुरले काम ठप्प पारेका हुन् । औधोगिक घरना चौधरी ग्रुपले निर्माण गरिरहेको १५.०१ मेगावाट क्षमताको उक्त आयोजनाको काम बुधबारदेखि रोकिएको हो । आन्दोलनरत मजदुर युनियनले निष्कासन गरिएका ६ जना महिला कामदारलाई  पुनर्बहाली गर्नुपर्ने र उनीहरूको पुनर्बहाली नभएसम्म काम हुन …

पुरा पढ्नुहॊस »

माथिल्लो तामाकोशीको शेयर सबैलाई

काठमाडाैं ।  माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । बिक्री प्रवन्धक नागरिक लगानी कोषले कम्पनीको साधारण शेयरबाट सबै आवेदक लाभान्वित भएको जनाएको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शेयर आवेदन दिने सबै आवेदकलाई ४० कित्ताका दरले शेयर वितरण गरिएको छ । त्यसरी शेयर वितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयरमध्ये १० कित्ताका दरले …

पुरा पढ्नुहॊस »

तामाकोसीको सेयर बाँडफाँट अाज, अधिकांशले ५० कित्ता पाउने

काठमाडाैं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर मंगलबार अपरान्ह तीन बजे बाँडफाँट हुने भएको छ । सो कम्पनीमा कूल ३ लाख ४६ हजारको संख्यामा आवेदन परे पनि ३ लाख ३४ हजार ‘भेरिभाइ’ भएको विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । कूल १ करोड ५८ लाख ८५ हजार कित्ताको लागि आवेदन खुलाइएकोमा ७ लाख ९४ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो । कूल १ करोड ५० लाख ९० …

पुरा पढ्नुहॊस »

खिम्ती खोलाका तीन आयोजनाको काममा तिव्रता

काठमाडौं । खिम्ती खोलामा निर्माणाधिक तीन जलविद्युतको कामलाई तिव्रता दिइएको छ । तीन वटा आयोजना गरि ८७ मेगावटका आयोजनलाई निर्माणमा तिव्रता दिएको प्रवर्द्धक कम्पनीले जनाएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । यस्तै पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ । हिमालयन ऊर्जा विकास कम्पनीले ती आयोजना आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । शुरुमा आगामी …

पुरा पढ्नुहॊस »