उर्जा

Energy related news.

अप्पर हेवा खोलाले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्दै

काठमाडौं । अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीले आगामी फागुन भरीमा २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजनाका लागि सेयर निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । नेपाल धितोपत्र बोर्डले …

पुरा पढ्नुहॊस »

‘एकाध वर्षमा नेपालको ऊर्जा क्षेत्रले फड्को मार्छ’

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयास अपरिहार्य रहेको र पछिल्लो दिनमा त्यसको सान्र्दभिकता अझै बढेकामा जोड दिइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) र एक्स्पो एण्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेजले हिमालयन हाइड्रो एक्पोका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सरकार र निजी क्षेत्रले सक्रियताका साथ काम गर्ने हो भने आगामी १० वर्षमा नेपालको ऊर्जा क्षेत्रले गुणात्मक …

पुरा पढ्नुहॊस »

जोशी हाइड्रोपावरको ३७ लाख कित्ता आईपीओ सूचिकृत

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको नेप्सेले जनाएको छ ।

पुरा पढ्नुहॊस »

विद्यालयमा दुई किलोवाटको सौर्य ऊर्जा जडान

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो । विद्यालयमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए । शिक्षक पाण्डेयका अनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्यालयका लागि रु चार लाख …

पुरा पढ्नुहॊस »

आगलागीबाट बन्द भएको त्रिशूली विद्युतगृह साँझसम्म सञ्चालन हुने

काठमाडाैँ । बुधबार आगलागी भएकाे नुवाकाेटस्थित २४ मेगावाटकाे त्रिशूली जलविद्युत केन्द्र बिहीबार साँझबाट सुचारु गरिने भएकाे छ । अागलागीबाट क्षति पुगेका उपकरण मर्मत गरेर विद्युत उत्पादन सुचारु गर्न लागिएकाे हाे । बुधबार साँझ विद्युतगृहमा जडान भएको ब्रेकरबाट आगो निस्किएर सबैतिर फैलिँदा आगलागी   भएकाे थियाे । ब्रेकरसहित विद्युतगृहका अन्य उपकरणमा पनि आगोले क्षति पुर्याएको छ । आगलागी सुरु भएको करिब २ घन्टापछि नियन्त्रणमा  लिइएकाे थियाे । १४ मेगावाटको देवीघाटको पनि उत्पादन प्रभावित …

पुरा पढ्नुहॊस »

कतारले अमेरिकी उर्जा क्षेत्रमा ५ वर्षमा २० अर्ब डलर खर्चिने

दोहा । खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्दी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच वर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ। दोहामा भएको दुई दिने लामो ‘दोहा फोरम–२०१८’ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’का कार्यकारी प्रमुख साद अल–कावीले कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताए। ‘कतारले आगामी ५ वर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ’, उनले भने, …

पुरा पढ्नुहॊस »

विद्युत् प्राधिकरणका सबै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन उर्जामन्त्रीको निर्देशन

सिमरा । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत् प्राधिकरण हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न लायक संस्था बन्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालय तथा अन्तर्गतका वितरण केन्द्रसँग हुने कार्यसम्पादन सम्झौता कार्यक्रममा शनिवार सिमरामा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् । उनले प्राधिकरणलाई आर्थिक, सेवा प्रवाह, उत्पादन र सञ्चालनको हिसाबले अब्बल र प्रतिस्पर्धा गर्न लायक संस्था बनाउनुपर्नेमा जोड दिए । आफूले उर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै मन्त्रालयले …

पुरा पढ्नुहॊस »

ऊर्जाको प्रचुरता बढाई पेट्रोलियम पदार्थ विस्थापन गर्छौं : मन्त्री पुन

काठमाडौँ । विद्युतको प्रचुरता बढाई पेट्रोलियम पदार्थको भारी आयात विस्थापन गर्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताएका छन्। भारतबाट ल्याइएको गण्डक नहर अर्थात् नारायणी सिँचाइ प्रणालीमा देखिएका समस्या र समाधानका विषयमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पर्सामा यस्तो बताएका हुन्। विद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको नेपालमा विद्युत् उत्पादन बढाई पेट्रोलियम पदार्थको भारी आयात परिणाम विस्थापन गर्ने उनले बताए। विद्युतको प्रचुरता बढेसँगै विद्युतीय सवारी संचालन गरिने उनको …

पुरा पढ्नुहॊस »

नेपालको जलविद्युतमा लगानी गर्न अष्ट्रिया इच्छुक

काठमाडौं । जलविद्युत क्षेत्रको विकासमा लागनी गर्न अष्ट्रियाले इच्छा देखाएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत विग्रेट्टी ओपिनगेर वाल्चसोफले बुझबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी लगानीको इच्छा व्यक्त गरेका हुन् । भेटमा राजदुत वाल्चसोफले जलविद्युत क्षेत्रमा लगानी गरेर आफ्नो देशको अनुभव साट्न चाहेको बताए । अष्ट्रिया सरकारले लगानी गर्न नेपाललाई चाँडै औपचारीक प्रस्ताव पठाउने प्रतिवद्धता उनले जनाए । आसियन र विमस्टेक क्षेत्र हेर्ने अष्ट्रिाको ट्रान्सपोर्ट तथा प्रविधि मन्त्रालयका …

पुरा पढ्नुहॊस »

३ महिनामा सिगंटी आयोजनाको मुख्य सुरुङ पूरा हुने

काठमाडौं । २५ मेगावाटको सिगंटी जलविद्युत आयोजनामो मुख्य सुरुङ अबको ३ महिनामा पूरा हुने भएको छ । दोलखामा निर्माण भइरहेको आयोजनाको ५ हजार ९ सय १५ मिटर लामो सुरुङ पूरा हुन लागेको हो । मुख्य सुरुङको ५ हजार २ सय १५ मिटर पूरा भइसकेको सिंगटी हाइड्रो पावर इनर्जी कम्पनीका संचालक बटु लामिछानेले बताए । उनका अनुसार अब ७ सय मिटर सुरुङ खन्न बाँकी छ । पूरा भएको पहिलो खण्डको ३ …

पुरा पढ्नुहॊस »