प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो खिम्ती पावर सबस्टेसन उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सबस्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोस्रो ठूलो सबस्टेसन हो ।

स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०र१३२ केभीको सबस्टेसन निर्माणको काम पूरा भएको हो ।

सो सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०/१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।

तस्बिर : रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस