प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो खिम्ती पावर सबस्टेसन उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सबस्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोस्रो ठूलो सबस्टेसन हो ।

स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०र१३२ केभीको सबस्टेसन निर्माणको काम पूरा भएको हो ।

सो सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०/१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।

तस्बिर : रासस

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य