डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान

काठमाडाैँ । डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्‍याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ । यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्‍याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ ।

रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सीमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ । डोल्पामा तत्काल विद्युत् पुर्‍याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।

विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।

त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्ने बित्तिकै पालिकामा विद्युत् पुर्‍याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो । दुई वर्षदेखि डोल्पामा विद्यत् पुर्‍याउने जनाउँदै ठेक्का लागे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा काम हुनसकेको थिएन । डोल्पा सदरमुकाममा भरपर्दो विद्युत् नहुँदा त्यहाँका कार्यालयमा काम गर्न समस्या हुँदै आएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस