आर्थिक

यामाहाले ल्यायो दसैँ तिहार अफर

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। “बिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यासब्याक उपहार प्राप्त गर्न सक्नेछन्। यसका साथै यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि …

पुरा पढ्नुहॊस »

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए । पुलबाट करिब १४ किलोमिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी …

पुरा पढ्नुहॊस »

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो । गत बिहीबारको मन्त्रिपरिषदको निर्णयअनुसार नै आइतबार इजातपत्र नवीकरण भएको प्राधिकरणले जनाएको छ । सरकारले एनसेललाई २५ वर्षको लागि दुरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ । यस्तो इजाजत पत्र लिएको १० वर्षपछि हरेक ५-५ वर्षमा नवीकरण गर्नुपर्छ ।

पुरा पढ्नुहॊस »

नेप्सेमा हरियाली, भयो १३ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन् । त्यस्तै, नेशनल हाइड्रोसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी उन्नति कोषको शेयर …

पुरा पढ्नुहॊस »

सोमबार पनि सस्तियो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ थियो । यो दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २० रुपैयाँ घटेको …

पुरा पढ्नुहॊस »

नास आईटी र ओर्किड इन्टरनेशनल कलेजबीच सम्झौता

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी)ले काठमाडौंको होटल सोल्टीमा आफ्नो दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा ५० भन्दामाथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो । सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथसाथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल भएको थियो। टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइरालालाई अध्यक्षको रूपमा नियुक्त गरिएको छ। ईके सोलुसन्सका सीईओ गौरव …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ कृषि कम्पनीले मनायो छैठौं वार्षिकोत्सव

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । ‘लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक निजी सहकारीको साझेदारी’ भन्ने नारासहित कृषिमा लगानी दशकको कार्यपत्र प्रस्तुत गरिएको थियो । कृषि उपजमा किसानले आफ्नो लगानीको प्रतिफल नपाउने गरेको, परिश्रमको मूल्यसमेत नपाउने लगायतका अवस्था सृजना भइरहेको अवस्थामा कृषि कम्पनीले कृषिमा लगानी दशक सफल बनाउन …

पुरा पढ्नुहॊस »

युवा उद्यमी मञ्चद्वारा राष्ट्रिय नेतृत्व सम्मेलन आयोजना,अर्थमन्त्रीद्वारा उद्घाटन

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले ७ औं राष्ट्रिय नेतृत्व सम्मेलन आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका थिए। कार्यक्रममा सांसद वासुदेव घिमिरे, तुलसी चौधरी, तिलोत्तमाका मेयर रामकृष्ण खांड, नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) का सदस्यहरू, लुम्बिनी प्रदेश एफएनसीसीआई अध्यक्ष तथा विभिन्न संघसंस्थाका अध्यक्ष, सरकारी अधिकारी, कर्पोरेट तथा प्रतिष्ठित उद्योगी तथा व्यक्तित्वहरुको उपस्थिति थियो। नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाका अध्यक्ष ऋषव ओझाको अध्यक्षता र विशिष्ट …

पुरा पढ्नुहॊस »

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ६ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९ सय रुपैयाँ थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटेको हो । आइतबार चाँदीको मूल्य …

पुरा पढ्नुहॊस »

रेड्मी बड्स ५ ए का विशेषताहरू

काठमाडौँ । अहिले सहज र उत्कृष्ट साउन्ड प्रदान गर्ने उच्च–गुणस्तरका अडियो डिभाइसको माग बढ्दै गएको छ । यहाँ रेड्मी बड्स ५ ए को विशेषताहरूबारे चर्चा गरिएको छ । रेड्मी बड्स ५ ए मा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) उपलब्ध रहेको छ जसले अनावश्यक आवाजलाई रोकी प्रयोगकर्तालाई म्युजिक, पोडकास्ट वा कलमा क्लीयर साउन्ड प्रदान गर्दछ । साथै ट्रान्सपेरेन्सी मोडले प्रयोगकर्तालाई अडियोको मजा लिँदै वरपरको वातावरणको जानकारी राख्ने सुविधा पनि दिन्छ जसले आकर्षक …

पुरा पढ्नुहॊस »