११ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बधबार नेपाली बजारमा सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री