आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १४ पैसा र बिक्री दर १६८ रुपैयाँ ९१ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

यस्तो छ खाना पकाउने ग्याँस, डिजेल र पेट्रोलको बढेको मूल्य

LP-Gas/ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएको छ ।

पुरा पढ्नुहॊस »

पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बिमा प्राधिकरणले दुई पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीमा पुँजी वृद्धि गर्ने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्तापुँजी वृद्धि गरेर २० अर्ब पुर्‍याउने निर्णय भएको हो । “बिहान बोर्डको बैठकले पुनर्बिमा कम्पनीहरूको चुक्तापुँजी २० अर्ब पुर्‍याउने निर्णय गरेको छ । …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगारीमा गएकालाई सर्वोत्तमको ५० कित्ता सेयर

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरू सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ५० कित्ताका दरले पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई सेयर बाँडफाँड गर्दै प्रतिव्यक्ति ५० कित्ताका दरले सेयर पाएको जनाएको हो । सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि माघ १० गतेसम्मको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई सेयर बिक्री खुलाएको थियो । वैदेशिक रोजगारतर्फ कम्पनीले प्रतिकित्ता ३९०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर …

पुरा पढ्नुहॊस »

तीन दिनदेखि लगातार उकालो यात्रामा सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख १८ हजार …

पुरा पढ्नुहॊस »

कति छ आज तरकारी/फलफूलको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलको भाउ सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ३५०, आभोकाडो ३००, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतिय आलु …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाले मासिक तीन लाख पारिश्रमिकमा श्रमिक लैजाने

काठमाडौं । दक्षिण कोरियाले मासिक ३ लाख रूपैयाँ पारिश्रमिक हुने गरी नेपालबाट श्रमिक लैजाने तयारी गरेको छ । दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा यस्तो जानकारी दिइएको हो । अहिले दक्षिण कोरियामा नेपालीहरुले मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् । ‘दक्षिण कोरियामा लाखौंको संख्यामा नेपालीहरूले काम गरिरहेका छन्, मासिक दुई लाख रूपैयाँसम्म पारिश्रमिक पाइरहेका छन्,’ मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले भने, ‘उहाँहरूले मासिक ३ …

पुरा पढ्नुहॊस »

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार ५ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको …

पुरा पढ्नुहॊस »

नेपाल वायुसेवा निगमसँग भवन र जमिन कहाँ कति ? (सूचिसहित)

काठमाडौं । निगमसँग काठमाडौं, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडीमा बहुमूल्यको जग्गाजमिन र भवन रहेको छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेमा रहेको देखिन्छ । बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी जग्गा जमिन रहेको छ ।

पुरा पढ्नुहॊस »

‘द अनब्रेकेबल स्मार्टफोन’ अनर एक्स९बी फाइभजी नेपाली बजारमा

काठमाडौँ । अनर एक्स९बी फाइभजी आजदेखि नेपाली बजारमा प्रवेश गरेको छ। यो फोन (१२+२५६)जीबीको ठूलो स्टोरेज र ५८०० एमएएच ब्याट्रीको साथ उपलब्ध छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लिमिटेडले यो फोन नेपालमा लन्च गरेको हो । यसको प्रि-बुकिङ भने २१ जनवरीबाट नै सुरु गरिएको थियो। २७ जनवरीमा प्रि-बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध छ। एकदमै बलियो डिस्प्ले भएको यो फोनलाई उचाईबाट खसाल्दा तथा धेरै झट्काहरू पर्दा पनि …

पुरा पढ्नुहॊस »