आर्थिक

निम्बस इन्टरनेशनलले इलेक्ट्रिक स्कूटर र साइकल भाडामा दिने

काठमाडौँ । निम्बस इन्टरनेशनल प्रा.लि.ले काठमाडौँ उपत्यकामा आफ्नो नवीनतम इलेक्ट्रिक स्कूटर र साइकल भाडामा दिने सेवा सुरु गरेको छ । कम्पनीले कुशल र पर्यावरणीय मैत्री यातायातको मागलाई पूरा गर्ने उद्देश्यले नवीनतम इलेक्ट्रिक स्कूटर र साइकल भाडामा दिने सेवा सुरु गरेको हो । यो सेवाले व्यक्ति र व्यवसायीहरू दुबैका लागि लागत प्रभावी विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इलेक्ट्रिक स्कूटरको दैनिक भाडा ७ सय र इलेक्ट्रिक साइकलको लागि …

पुरा पढ्नुहॊस »

पाँच दिनदेखि लगातार उकालो यात्रामा सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो । बिहीबार प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन १ लाख १९ हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल …

पुरा पढ्नुहॊस »

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतीय आलु २८ …

पुरा पढ्नुहॊस »

यती एयरलाइन्सले एकसाथ थप्यो दुई एटीआर जहाज

काठमाडाैं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तारको क्रममा एकसाथ दुईवटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ । खरीद गरिएका विमानहरु यतीका क्याप्टेनहरुले …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १० पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३१ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

भृकुटीमण्डपमा माघ २५ देखि ‘क्यान इन्फोटेक २०२४’ हुँदै

काठमाडौँ । आउँदो माघ २३ गतेदेखि काठमाडौंमा क्यान इन्फोटेक २०२४ सञ्चालन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा मेला गर्न लागिएको बताइएको छ …

पुरा पढ्नुहॊस »

हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौँ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले SUV Exter को बुकिङ खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो | Hyundai Exter ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venue भन्दा अघि रहने छ । आकर्षक बनोट र विभिन्न फिचरले Exter लाई एक विशेष SUV बनाएको छ । कम्पनीका अनुसार गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको …

पुरा पढ्नुहॊस »

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

काठमाडौं । छिमेकी देश भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकम वृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार संसद्‍मा प्रस्तुत गरेको आर्थिक वर्ष २०२४-२५ को बजेटमा नेपाललाई उपलब्ध गरिने आर्थिक सहायता वृद्धि गरिएको उल्लेख छ । भातरले नेपाललाई यो वर्ष सात अर्ब भारतीय रुपैयाँ (११.२ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ । यो सम्पूर्ण रकम अनुदान सहयोगमार्फत उपलब्ध गराइनेछ । अघिल्लो आर्थिक वर्ष २०२३-२४ को बजेटमा …

पुरा पढ्नुहॊस »

आहा रारा गोल्डकपको सेमिफाइनल र फाइनल डिशहोम गो’मा हेर्न पाइने

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा बिहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ । सेमिफाइनलमा आज ए डिभिजन लिग …

पुरा पढ्नुहॊस »

एनआईसीसीआईद्वारा निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा बिदाइ दिवाभोज

काठमाडौँ । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ । ढकालको समर्पित सेवालाई स्मरण गर्दै कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरू लगायतका सम्मानित सदस्यहरूको उपस्थिति थियो । सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन …

पुरा पढ्नुहॊस »