बैंकिङ्ग

ग्लोबल आईएमई बैंकको वरिष्ठ डेपुटी सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आईएमई बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले रेग्मीलाई असोज १ गतेदेखि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आईएमई बैंकमा विगत १५ वर्षदेखि कार्यरत रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनीसंग बैंकिङ क्षेत्रको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सूर्य जनसेवा हेल्थ केयर प्रा.लि, सूर्यपुरा पोलिक्लिनिक, कर्नर पोइन्ट रेस्टुरेण्ट एण्ड बार प्रा.लि, ई–रिभल्भिङ्ग इन्डियन र गंगा जमुना सलोनसंग बैंकले सम्झौता गरेको छ । सम्झौता पश्चात् महालक्ष्मी विकास बैङ्कका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको ‘डिजी स्टेसन’ सञ्चालनमा

काठमाडौं । एनएमबी बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजी’ स्टेसन’ को सुरुवात गरेको छ। ‘डिजी स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो जसमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी, र स्टेटमेन्ट जेनरेट सबै एकै ठाउँबाट स्वचालित प्रणालीमा मानवीय सहायताबिना गर्न सकिनेछ। ‘डिजी’ स्टेसन’ को सुरुवातले ग्राहकहरुलाई बैंकले प्रदान गर्ने बैंकिङ सेवा, सुविधामा वृद्धि हुने विश्वास बैंकले …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ सेयरधनी बचत खातामा सुविधा थपियो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सेवाग्राहीहरुलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरुलाई सम्पूर्ण सेवाहरु एकै स्थानबाट उपलब्ध गराउन एक सम्झौता गरेको छ । मुक्तिनाथ क्यापिटल र सेयर ब्रोकर कम्पनीहरु बीच त्रिपक्षीय व्यवसायिक सम्झौता भएको हो । यो सम्झौता बमोजिमको सुविधाहरु “मुक्तिनाथ सेयरधनी बचत खाता” खोल्नुहुने ग्राहकहरुले पाउने सक्नेछन् । उक्त सम्झौता बामोजिम बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरुले (मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल …

पुरा पढ्नुहॊस »

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ। उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सानिमा बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैंकले यसैगरी ग्राहकहरुलाई …

पुरा पढ्नुहॊस »

असोजका लागि ६ बैंक घटाए ब्याजदर, सबैभन्दा बढी घटाउने नेपाल बैंक

काठमाडौं । वाणिज्य बैङ्कहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल बैंकर्स सङ्घले बैङ्कहरूलाई अाफुखुसी ब्याँजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैङ्कहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोज १ गते बाट लागु हुने गरी २१ वटा वाणिज्य बैङ्कहरू मध्ये १७ वटाले बैङ्कले नयाँ ब्याँजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैङ्कहरूले असोज महिनाका लागि ब्याँजदर घटाएर सूचना प्रकाशित गरेका छन् । असोज महिनाका …

पुरा पढ्नुहॊस »

सोलुखुम्बुको नाम्चेमा नबिल बैंकको शाखा

काठमाडाैं । नबिल बैंक लिमिटेडको २६५ औँ शाखा सोलुखुम्बु जिल्लाको नाम्चेमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच विस्तार तथा दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ। नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल तथा पूर्ववडाअध्यक्ष छिरिङ फेन्जो शेर्पाले संयुक्त रुपमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितीमा शाखा उद्घाटन गरेका थिए। कार्यक्रममा अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम …

पुरा पढ्नुहॊस »

रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । २७ भदौ बुधबारका दिन उक्त काउन्टरको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी र सैनिक कल्याणकारी कोषका सहायक रथि किरण केसीले संयुक्त रुपमा गरेका छन् । पेट्रोल स्टेसनमा आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । सो पेट्रोल स्टेसनबाट सवारीसाधनमा इन्धन भरेबापत ग्राहकहरूले विभिन्न बैंकको …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेजबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । अपोलो हस्पिटल्स इन्टरप्राइजेजका भारतका विभिन्न नौ स्थानमा रहेका हस्पिटलका नेटवर्कमा छुटको व्यवस्था लागू हुनेछ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राइजेज लिमिटेडका भाइस प्रेसिडेन्ट-इन्टरनेसनल बिजनेस डा. कात्र्तिक अनन्थरामनले हस्ताक्षर गर्नुभएको हो । सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरूसँगको यो दोस्रो …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढुवा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यु आर। कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यज्य एवं माछापुच्छ्र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले संयुक्त रूपमा हस्ताक्षर गरी भाद्र २९ गते देखि सुरुवात गरेको …

पुरा पढ्नुहॊस »