काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोट बिच छुट सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोट बिच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिब) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया



