बैंकिङ्ग

ग्लोबल आईएमई बैंक र डिप्रोक्स नेपालद्वारा डिजिटल कारोबार प्रवर्द्धन गर्न सहकार्य

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। हस्ताक्षर प्रश्चात, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको सहभागिता रहनेछ। त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरुको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरुमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी ‘श्रावण स्पेसल’ अफर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल …

पुरा पढ्नुहॊस »

एनआईएमबी एस क्यापिटल र ज्योति विकास बैंकबीचको सम्झौता नवीकरण

काठमाडौं । एनआईएमबी एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो शेयर रजिष्ट्रार कम्पनीको साझेदारी सम्झौता नवीकरण गरेको छ। सम्झौतामा एनआईएमबी एस क्यापिटलबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरे। नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने दुवै कम्पनीको विश्वास छ।

पुरा पढ्नुहॊस »

एफडी मोर्टर्स र कुमारी बैंकबीच कर्जासम्बन्धी सम्झौता

काठमाडौँ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि (एफडी मोर्टर्स) र कुमारी बैंक ली. बीच एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । दुई पक्षबीच क्रेडिट कार्ड मार्फत शून्य प्रतिशत ब्याज दरमा रु. ३,००,००० (अक्षरुपी रु. तीन लाख) सम्म डाउन पेमेन्ट बिना नै कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको हो । जस अन्तर्गत कुनै पनि ग्राहकहरूले कुमारी बैंक ली. वा एफडी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र दराजबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामु प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरूलाई दराजमा सामान किन्दा विशेष छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सो सम्झौतापछि बैंकका कार्डबाहकहरूले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा पाँच सयसम्म छुट पाउन सक्नेछन्। यसका साथै बैंकबाट यही अगस्ट १ तारिखपछि नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरूले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप एक सय ५० रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्नेछन्। दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथलीस्थित कार्यालयमा …

पुरा पढ्नुहॊस »

नेपालमा सूचना प्रविधि विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र बन्नसक्छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन् । सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय इकमर्स,डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए । सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको उनको भनाई छ । गभर्नर अधिकारीले …

पुरा पढ्नुहॊस »

विदेशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए । आइबिएन मिडियाले काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसङ्गत आधार रहेको पनि स्पष्ट पारे । ‘सात प्रतिशतको नीतिगत …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट

काठमाडाैँ । एनएमबी बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र एनएमबी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख गणेश पराजुलीले हस्ताक्षर गरेका छन्। योसँगै एनमबी बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउनेछन्। क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआरमार्फत भुक्तानीको जानकारी दिने ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ । बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गर्दै क्यूआरकोड प्रणालीमा आवद्ध मर्चेन्टहरूले भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त वा डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने जनाइएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ प्रणलीको सुरुवात गरेको बताएको छ । बैंकले देशभर ३६० शाखा कार्यालय, ५४६ …

पुरा पढ्नुहॊस »

सिटिजन बैंकको एक वर्षको नाफा २ अर्ब २१ करोड

काठमाडौँ । सिटिजन्स बैंकको नाफामा १०.४१ प्रतिशतले वृद्धि भएको । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा २ अर्ब ५६ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७९र८० मा २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ नाफा कमाएको हो । गएको एक वर्षमा बैंकले थप २० करोड ८८ लाख १५ हजार रुपैयाँ नाफा वृद्धि गरेको हो । यस्तै गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी १७.३० प्रतिशतले …

पुरा पढ्नुहॊस »