एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजका दिनबाबाट ७ दिन भित्र एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप