बैंकिङ्ग

सांग्रिला बैंकका ग्राहकलाई ग्राण्डीमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा धरानमा

काठमाडौं । ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका १२ मा रहेको उक्त नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच उद्घाटन भयो ।

पुरा पढ्नुहॊस »

चैनपुरका विद्यार्थीलाई राष्ट्रिय वाणिज्य बैंकको न्यानो कपडा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संखुवासभाको चैनपुर नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । बैंकले चैनपुरको सरस्वति माध्यामिक विद्यालयमा अध्यनरत ५ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको हो  । सो कार्यक्रममा संखुवासभाका जिल्ला न्यायाधीस प्रकास राउत, चैनपुर ६ का अध्यक्ष नेत्रबहादुर डांगी, विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष दिनेश श्रेष्ठ, प्रधानाध्यापक उज्ज्वल कर्मचार्य, बैंकका खांदबारी शाखाका प्रबन्धक अनिशकुमार रायमझी लगायत  स्थानीय सरकारी तथा संघसंस्थाका प्रतिनीधिहरुले …

पुरा पढ्नुहॊस »

“बेटी पढाउ, बेटी बचाउ” अभियानमा प्रभु बैंकको सहकार्य

काठमाडौं । प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडकाबीच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता भएको छ । २ नं. प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले उक्त सम्झौतामा हस्ताक्षर गरी मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको थियो । सम्झौता अनुसार पहिलो चरणमा प्रदेश …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकद्धारा लाजिम्पाटमा वैदेशिक मुद्राको कारोबार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बैदेशिकमुद्राको कारोबार सुरुवात गरेको छ । साे विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको उद्घाटन गरेका हुन् । विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्ट बापतको सटही सुविधा प्राप्त गर्ने भएका छन् । गरिमा विकास बैंकको काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६शाखा तथा १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले चाडै पर्साको वीरगंज, …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय विवरणका अधिकांश परिसूचकहरु उत्साहजनक

एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ त्यस्तै गरी खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकले बढायो नाफा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नाफामा १६ करोड वृद्धि गरेको छ । बैंकले २०७४ पुसको तुलनामा ७५ पुस मसान्त अवधीमा आफ्नो नाफा १६ करोडले बढाएर ६७ करोड पुर्याएको हो । २०७४ पुस मसान्तमा बैंकको नाफा ५१ करोड मात्रै थियो ।  बैंकले असोजदेखि पुस मसान्त अवधीमा निक्षेप र कर्जा लगानी ६।६ अर्बले वृद्धि गरेको छ । बैंकले ६९ अर्बमा रहेको निक्षेपलाई ७५ पुर्याएको छ भने ६४ अर्बको कर्जा लगानीलाई ७० अर्ब पुर्याएको …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले बढायो पाँच प्रतिशत नाफा

काठमाडाैँ । ८ अर्ब ५२ करोड २ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब १६ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ५ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब १० करोड ५८ लाख ७७ हजार रुपैयाँ  रहेको थियोे । आम्दानी तथा खर्च …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैँकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु …

पुरा पढ्नुहॊस »

नबिल बैंक र अजोडबीच बीमा सेवा सम्झौता

काठमाडौँ । नबिल बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट रिटेल व्यावसाय प्रमुख निरज शर्मा र अजोड इन्स्योरेन्स लि का तर्फवाट सहायक महाप्रबन्धक श्री महेश राज खरेलले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको …

पुरा पढ्नुहॊस »