राष्ट्रिय वाणिज्य बैंकको ३ शाखा

काठमाडौं ।राष्ट्रिय वाणिज्य  बैंकले  एकैसाथ छुट्टा छुट्टै स्थानमा ३ नयाँ शाखाको सुरुवात गरेको छ । काठमाडौं महानगरपालिका वडा न ६ स्थित बौद्ध,  जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा ४ गौरीखाली स्थित जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा न ६ स्थित रुकुमकोटमा नयाँ शाखा विस्तार गरेको हो ।

हाल बैंकले मुलुकभर २१५ वटा शाखा कार्यलय मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय/सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री