बैंकिङ्ग

लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली

काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशीलराज पराजुली चयन भएका छन् । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।   नवनियुक्त अध्यक्ष पराजुलीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको ६% बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । कृषि विकास बैंकको ६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार कृषिको सेयर कारोबार प्रतिकित्ता ३१४ रुपैयाँ १५ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ३७३ रुपैयाँ ५८ पैसा छ । कृषिले चैत १५ गते बस्ने वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले आइतबारदेखि बुक क्लोज गरेको …

पुरा पढ्नुहॊस »

लघुवित्त संस्थाको पूँजी बढाउन हकप्रदको लविङ गर्दै संस्थापक, राष्ट्र बैंक मर्जरको पक्षमा

काठमाडौं। विपन्न वर्गमा ऋण लगानी गर्न खुलेका लघुवित्त वित्तीय संस्थाका संस्थापकहरुले हकप्रदबाटै चुक्ता पूँजी बढाउन पाउनु पर्ने भन्दै लबिङ सुरु गरेका छन्। राष्ट्र बैंकले  लघुवित्तलाई प्रादेशिक र राष्ट्रियस्तमा वर्गीकरण गर्दै पूँजी बृद्धि योजना ल्याएको छ। आफ्नो शेयर स्वामित्व कमजोर नहोस् र संस्थाको वहुमत शेयर आफैसँग रहोस् भन्ने चाहने संस्थापकहरुले मर्जरबाट नभइ हकप्रदबाट पूँजी बृद्धि गर्न पाउनु पर्ने भन्दै लबिङ गरिरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताए। प्रादेशिकले २ करोड र राष्ट्रियले १० …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकको ब्याजदर घटेपछि लघुवित्त कम्पनीको बढ्यो नाफा

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर घटेपछि लघुवित्त कम्पनीको नाफा बढेको पाइएको छ । विगतमा वाणिज्य बैंकबाट १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा लिएर १८ प्रतिशतमा कर्जा प्रवाह गरेका लघुवित्तले हाल वाणिज्य बैंकबाट सस्तो ब्याजदरमै कर्जा पाएका छन् । यसले लघुवित्तको नाफा बढ्न पुगेको लघुवित्त संघका अध्यक्ष रामचन्द्र जोशीले बताए । जोशीका अनुसार पहिला लघुवित्त कम्पनीलाई वाणिज्य बैंकले १० देखि १५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने गरेका थिए । तर हाल यी …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले आइतबार ११ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ११ अर्ब ९० करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्ने भएको हो । बैंकले न्यूनतम ९१ दिनदेखि १८२ दिनसम्मका लागि बहाल रहने गरी ट्रेजरी बिल बिक्री गर्न लागेको र त्यसको परिमाणसमेत छुट्याएको छ । यसअघि बैंकले यही फागुन १३ गते पनि दुई अर्ब २३ करोड बराबरको ९१ दिने ट्रेजरी बिल …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको साधारण सभा आइतबार

काठमाडौं । प्रभु बैंक लिमिटेड (Prabhu Bank Limited.) को १७ औंं वार्षिक साधारण सभा फागुन १९ गते आइतार हुने भएको छ । कम्पनीको सभा आइतबार दिउँसो १ बजे, कम्पनीको केन्द्रिय कार्यालय, बबरमहलमा हुने भएको छ । सभामा कम्पनीले आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले फागुन ६ गतेदेखि १९ गतेसम्म शेयर दाखिला बन्द गरिएको छ । उक्त …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ल्यायो भिसा कार्डमा नगद फिर्ता योजना

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै पहिलो पटक ५०० वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० नगद क्यास ब्याक पाउन सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको भिसा कार्ड सेवा सुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेविट कार्ड सेवा सुरु गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा फागुन १७ गतेबाट भिसा डेविट कार्ड सुविधाको शुभारम्भ गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले सेवाको शुभारम्भ गरे । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले  कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो। साथै,बैंकले पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले घटायो ब्याज दर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको छ ।

पुरा पढ्नुहॊस »