नविल बैंकले सार्वजानिक गर्यो नयाँ व्याजदर

काठमाडौं । नबिल बैंकले आइतबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।  सार्वजनिक गरेको नयाँ ब्याजदरतर्फ बचतमा सबैभन्दा कम बाल बचतमा ३.२५ र बचततर्फकै ५.२५ प्रतिशत रहेको छ । यस्तै  मुद्दति निक्षेपमा न्यूनतम ८ देखि ९.२५ प्रतिशत सम्म रहेको छ । संस्थागत मुद्दतितर्फ भने ८.६० प्रतिशत सम्म ब्याज पाइने भएको छ ।

यस्तै  बैंकले जारी गरेको सूचना अनुसार ऋण तर्फ पनि नयाँ ब्याजदर कायम भएको छ । बैंकले संस्थागत प्रिमीयमा २.५० देखि बढीमा नबिल इजी लोन अन्तर्गतको ओभर ड्राफ्ट लोनमा ६.७५ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।

हाउजिङ तर्फ ३ देखि ६.५० प्रतिशतसम्म, मोटरेजतर्फ ४ देखि ६.५० प्रतिशतसम्म, अटोका लागि ३.७३ देखि ६.५० प्रतिशत, शिक्षाका लागि ऋण लिने हो भने ४ देखि ६ प्रतिशत ब्याज लाग्ने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds