कामना सेवा विकास बैंककोे ६७औं शाखा सर्लाहीमा

काठमाडौं ।  कामना सेवा विकास बैंकले मोरङको उर्लाबारी हरिवन नगरपालिका वडा नं ११   मा ६७ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्चपदश्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताएका छन् ।देशभरि बैंकका ६६वटा शाखा तथा २० वटा मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एविविएस, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायत माध्यमबाट बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस